सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मोडल पुर्णिमा थोकरलाई तामाङ समाज युएईको आर्थिक सहयोग

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईले लामो समयदेखि ब्रेन ह्यामरेजका कारण शारिरिक रुपमा अस्वस्थ्य रहेकी चर्चित मोडल पुर्णिमा थोकरलाई आर्थिक सहयोग गरेका छन् ।

एकपछि अर्को हिट भिडियो सार्वजनिक भइरहेको मोडल थोकर आफ्नै कोठामा अचेत अवस्थामा भेटेपछि उनलाई अस्पताल पुर्याएका थिए । पछि उनलाई ब्रेन ह्यामरेज भएको डाक्टरले जानकारी गराए ।

शरिरको आधा भाग अचेत अवस्थामा रहेको थोकर हाल अलिअलि हिडडुल गर्ने भए पनि बोली र दाइने हात अझै नचलेको उनका परिवार स्रोतले बताए ।

बिरामी थोकरको घरमा पुगि तामाङ कलाकार संघको अध्यक्ष विश्व दोङ, कोषाध्यक्ष खेम मोक्तान, आदिबासी जनजाति पत्रकार महासंघ युएईका पुर्व अध्यक्ष अनिस तामाङ , म्हेन्दो माया गायक एवम् संगीतकार रोशन फ्युबो लगायतले तामाङ समाज युएईले पठाएका आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।

सांगीतिक प्रस्तुतिका लागि युएई पुगेका विश्व दोङलाई समाजले ७३ हजार नेपाली रुपैयाँ पठाएका थिए । जसमा ५० हजार रुपैयाँ तामाङ समाज युएईको तर्फबाट र बाँकी २३ हजार रुपैयाँ समाजका संरक्षक एवम् संस्थापक राम मोक्तान र महेश मोक्तानले पठाएको तामाङ समाज युएईका महासचिव नविन दोङ तामाङले जानकारी गराए ।

भर्खरै

सम्बन्धित खबर

Language »