सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मोरङमा डिस्चार्ज भए ३९ जना कोरोना संक्रमित

मोरङ । मोरङमा बिहिबार ३९ जना डिस्चार्ज भएका छन् । मोरङको गोठगाउ स्थित पुर्वाञ्चल विश्वविद्यालयमा रहेको आइसोलेसन सेन्टरमा उपचार गराइरहेका १ सय १६ जना मध्ये ३९ जना डिस्चार्ज भएका हुन् ।

मोरङमा संक्रमितको संख्या १०२ पुगेको छ भने प्रदेश १ मा संक्रमितको कुल ४१६ पुगेको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ । बिहीबार डिस्चार्ज भएकाहरू झापा, मोरङ, सुनसरी र भोजपुरका नागरिक रहेकाे मन्त्रालयले जनाएको छ ।

प्रदेश १ का जिल्लाहरुमा सबैभन्द बढी झापा जिल्लामा मात्र १ सय ७९ जना संक्रमितहरु छन् । यसै गरी सुनसरीमा ६४ पुगेको छ भने, उदयपुरमा ४७ , धनकुटामा ८ ,भोजपुरमा ६, खोटाङमा ४, सोलुखुम्बुमा १ , संखुवासभामा २ जना, इलामामा २ जना र तेह्रथुममा २ जना संक्रमितहरु रहेका छन् ।

प्रदेश १ मा संक्रमिहरु थपिएसंगै निको भएर जानेहरुको संख्या पनि २ सय १६ पुगेको छ । २९ जना संक्रमितहरुको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा उपचार भइरहेकाे छ । साथै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७३ र मोरङको गोठगाँउ स्थित आइसोलेसन सेण्टरमा ७७ जनाको उपचार भइररहेको छ ।

उपचार गराइरहेका संक्रमितहरुमा कुनै लक्षण देखिएको छैन भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । नयाँ संक्रमितहरुलाई आइसोलेसन अस्पतालमा ल्याउने तयारी भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सो अस्पतालमा नयाँ संक्रमित ९ जना उपचारको लागि ल्याउँदै गरेको समेत जनाइएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »