सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

म्याग्दीमा पहिराेमा परि ३२ जना बेपत्ता,उद्दारमा कठिनाइ

म्याग्दी /२६ असार
म्याग्दीका विभिन्न ठाउँमा पहिराेमा परेर ३२ जना बेपत्ता भएका छन् । धाैलागिरि, मालिका र मंगला गाउँपालिमा खसेकाे पहिराेमा ३२ जना हराइरहेकाे म्याग्दी प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार धाैलागिरीकाे मराङमा मात्र २२ जना पहिराेमा हराइरहेका छन्। धाैलागिरिको ताकममा २ जनाकाे ज्यान गइसकेकाे त्यहाँका जनप्रतिनिधिबाट खबर आएकाे छ। त्यस्तै मालिका गाउँपालिकामा पनि ८ जना हराइरहेका छन्। मंगला गाउँपालिकामा समेत गरी ३२ जना हराइरहेकाे प्रहरीले जानाक्कारी दिएका छन।

ठाउँ-ठाउँमा पहिराे खसेर बाटाे छेकेका कारण उद्दारमा जानसमेत अबराेध भएकाे म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरले जानकारी दिए । उनकाअनुसार दरबाङ र सिमचाैर भन्ने ठाउँमा एउटा टाेली राेकिएकाे छ । बागलुङबाट बिपत् ब्यवस्थापन टाेली, सशत्र, सेना, प्रहरी र जनप्रतिनिधि उद्दारमा गइरहेका छन् तर पहिराे छिचाेल्न समस्या परेकाे छ ।

गाडी जान सक्ने अवस्था छैन । पहिराेकाे बीचमा फसेका अरू सिंगा ताताेपानीबाट २ जनालाई उद्दार गरिएकाे उनले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »