सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“म्युङ पुजू” तामाङ चलचित्रको भोलि माघ १ गते राष्ट्रिय नाचघर जमलमा हुने प्रीमियर शो को सम्पुर्ण तयारी सम्पन्न

काठमाडौं । तामाङ कथानक चलचित्र “म्युङ पुजू” यहि माघे संक्रान्ति १ गतेका दिन राष्ट्रिय नाचघर जमलमा प्रीमियर शो मार्फत दर्शक माझ ल्याउने तयारी गरिरहेका छन् । यो चलचित्र प्रेम गोले र ईश्वर लामाको प्रस्तुतिमा कान्छीमाया गोलेले निर्माण गरेको हो । डम्फु मिडिया प्रा।लि।को ब्यानरमा अजय स्याङ्तानले निर्देशन गरेका हुन् ।

डम्फु मिडियाबाट ट्रेलर सार्वजनिक गरिसकेका छन् । ट्रेलर हेर्दा चलचित्र उत्कृष्ट बनेको अनुमान लगाउन सकिन्छ यद्यपि चलचित्र कस्तो छ भन्ने कुरा माघ १ गते हेरेपछि अवस्य थाहा हुने नै छ ।

बिक्रम मोक्तानले छायांकन गरेको यस चलचित्रको कथा लेखन सुजन तामाङ, पटकथा रितुराज पाख्रिन, द्वन्द्व निर्देशन सुरज श्रेष्ठ तथा सह निर्देशकमा बद्री तामाङ रहेको छ । साथै अन्य कलाकारहरुमा वीर बहादुर गोले तामाङ , अभिनाश तामाङ , सुजल तामाङ , राजु तामाङ, भिम तामाङ , प्रिङका रेग्मी , हिमा पाख्रिन, लक्ष्मि तामाङ लगायतको अभिनय पनि देख्न सकिन्छ ।

४ वटा गित समाबेश यस चलचित्रमा संगित विशाल काल्तान, प्रयास दोङ, स्वर विशाल काल्तान र गायिका जितु लोप्चन, छेवाङ लामाले दिएका छन । शब्द कुमार स्याङ्बा, एरेन्ज मिक्सिङ दिपेश प्रधानले गरेका हुन ।

ट्रेलर भिडियो :

भर्खरै

सम्बन्धित खबर

Language »