काठमाडौं । ‘म अमेरिकाको राष्ट्रपति रहँदासम्म ईरानलाई कुनै पनि आणविक हतियार राख्न दिइने छैन’, भनी आफ्नो सम्बोधन शुरु गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आक्रमणबाट मानवीय क्षति नभएको दाबी गरेका छन् । साथै उनले इराकस्थित आफ्नो सैन्य बेसक्याम्पमा आक्रमण गरेर इरानले निच व्यवहार देखाएको टिप्पणी पनि गरे ।
अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप अमेरिकी सेनाको इराकस्थित इरबिल र अल–अस बेसक्याम्पमा दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो । जसमा ८० अमेरिकी सैनिक मारिएको दाबी इरानले गर्दै आएको छ ।।
तर,
ट्रम्पले इरानले गरेको यो
दावीको खण्डन गर्दै घटनामा बेसक्याम्पमा साधारण क्षति- बाहेक कुनै पनि मानवीय
क्षति नभएको बताएका छन् । त्यस आक्रमणमा उनले सम्पूर्ण अमेरिकि सेना सुरक्षित
रहेको ह्वाइट हाउसबाट एक भिडियो सन्देश जारी गरी कुनै पनि मानवीय क्षति नभएको दाबी
गरेका हुन् ।
ट्रम्पले अमेरिकी सेनालाई
आवास दिइरहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेर इरान तल परेको टिप्पणीसमेत गरेका
छन् । उनले भिडियो सन्देशमा भनेका छन्, ‘इरानको आक्रमणबाट अमेरिकी वा इराकी कसैको पनि ज्यान
गएको थिएन, यो आक्रमणले इरान आफैं तल
परेको छ ।’