सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यसको वर्षको पुस्कास अवार्ड कोरियाली खेलाडी सनले जिते, लेवान्डोस्की उत्कृष्ट वर्ष खेलाडी

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वार्षिक रुपमा प्रदान गर्ने बर्ष भरि मध्येबाट छनौट गरिएको एक उत्कृष्ट गोललाई दिइने प्रतिष्ठित पुस्कास अवार्ड यसपटक दक्षिण कोरियाली स्टार सन ह्युङ–मिनले जितेका छन् । सिजन २०१९/२० को इङलिस प्रिमियर लिग अन्तर्गत बर्नली विरुद्ध उनले गरेको शानदार सोलो गोल पुस्कास अवार्ड मनोनयनमा परेको थियोे । अन्ततः यो गोल वर्षको सर्वोकृष्ट गोल हुन सफल हुँदै सनलाई यो प्रतिष्ठित अवार्ड प्राप्त पनि भयो ।

उनी एसियाली खेलाडी भएता पनि कुनै औसत युरोपेली खेलाडी भन्दा धेरै माथी छन् । हाल उनलेे इङलिस प्रीमियर लिग अन्तर्गत टोटन्ह्याम हट्स्परबाट उच्च प्रदर्शन गरिरहेका छन् । गत बर्ष डिसेम्बर ७ मा भएको बर्नाली विरुद्धको खेलमा सनले मैदानको एक छेउबाट अर्थात आफ्नो डीबक्स नजिक बाट विपक्षीहरुलाई छलाउँदै एक्लैले बललाई अघि बढाउँदै विपक्षी डिफेन्डरहरुलाई समेत पछि पार्दै उनले उत्कृष्ट शान्दार सोलो गोल गरे । वास्तवमै उनको त्यो गोल कलात्मक, शान्दार र दर्शनीय थियो ।

त्यस्तै यस वर्षको द बेस्ट फिफा अवार्ड पुरुषतर्फ यो बायर्न म्युनिखका पोलिस स्टार रोबर्ट लेवान्डोस्कीले जिते । उनले कृष्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई पछि पार्दै उपाधी जितेका थिए । महिलातर्फ इङलिस म्यानचेष्टर सिटीकी स्टार डिफेन्डर लुसी ब्रोन्जले जितिन् । अवार्ड समारोह स्वीजरल्याण्डमा भर्चुअल माध्यमबाट गराइएको थियो ।

सनलाई पुस्कास अवार्ड जिताएको उनको त्यो उत्कृष्ट सोलो गोल भिडियो हेर्नुहोस्,

भर्खरै

सम्बन्धित खबर

Language »