सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यसपटक पनि बार्सिलोना वायर्नसँग पराजित : च्याम्पियन्स लिग

युइएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनको बार्सिलोनामाथि सहज जित दर्ता गरेको छ । मङ्गलबार राति भएको समूह चरणको खेलमा बायर्नले बार्सिलोनालाई उसैको घरमा ३–० गोलले हराएको हो ।

क्याप नोउमा भएको खेलमा बायर्नलाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे । खेलको ३४औँ मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई पहिलो हाफभरि अग्रता दिलाएका थिए ।

खेलको ५६औँ मिनेट र ८५औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३–० गोलको सहज जित दिलाए ।

यसअघि च्याम्पियन्स लिगमा यी दुई टिमको भिडन्त सन् २०१९–२० को सिजनमा भएको थियो । जसमा बायर्नले बार्सिलोनामाथि ८–२ गोलान्तरको फराकिलो जित निकालेको थियो ।

जितसँगै समूह ‘ई’को बायर्नले पहिलो खेलमा तीन अङ्क जोड्दै सुखद सुरुआत गरेको छ । बार्सिलोनाले भने हारबाट प्रतियोगिताको थालनी गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »