सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यात्रु नपाएर सवारी साधन घटाउने तयारीमा व्यवसायी

काठमाडौं । साउनको पहिलो सातादेखि काठमाडाैं उपत्यकामा सार्वजनिक यातायात चलाएका निजी यातायात कम्पनीहरूले अपेक्षा गरेअनुरूप यात्रु नपाउँदा सञ्चालनमा ल्याइएका सवारीसाधनको संख्या घटाउने तयारी गरेका छन् ।

कोरोना जोखिमका कारण सीट क्षमताभन्दा आधा मात्र यात्रु बोक्न पाइने सरकारले निर्णय गरे पनि सञ्चालनमा आएका सार्वजनिक यातायातले आधा मात्र पनि यात्रु नपाएको यातायात व्यवसायीहरू बताउँछन् ।

साबिकको भन्दा ५० प्रतिशत बढी भाडा लिने व्यवस्था सरकारले गरे पनि सुन्दरले पुरानै भाडामा सेवा दिइरहेको छ । पुरानै भाडामा सेवा दिए पनि यात्रु छैनन्, कतिपय बेला त सडकमा बस रित्तै गुड्छन । अवस्था यस्तै रहे दुईओटासम्म मात्र बस चलाउने तयारी कम्पनीको छ ।

अन्तरजिल्ला यातायात नचलेसम्म चहलपहल नबाक्लिने भएकाले अहिले गाडी चलाउनु र नचलाउनुमा कुनै अन्तर नभएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला बताउँछन् ।

सरकारले जिल्लाभित्र मात्रै यातायात सञ्चालन गर्न दिइनु गलत भएको उनको भनाइ छ ।

४÷५ जना यात्रु बोकेर गाडी हिँडिरहेका छन्, कतिपय गाडी त रित्तै गुडेका पनि छन्।

भर्खरै

सम्बन्धित खबर

Language »