सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

याैन साथी कति प्रकारका हुन्छन् ?

भनिन्छ, दाम्पत्य सम्बन्ध कति सुमधुर छ भन्ने कुरा उनीहरुको यौन जीवनले पनि निर्धारण गर्छ । के पनि भनिन्छ भने, सफल यौन जीवनले दम्पतीको सम्बन्ध प्रगाढ बनाउने मात्र होइन, निरोगी पनि हुन्छ । तर, यसका लागि त्यो यौन क्रिया रचनात्मक र सक्रिय हुनुपर्छ ।

यौनका अनेक प्रवृत्ति हुन्छन् । यसका तौर तरिका, विधी हुन्छन् । शारीरिक तथा मानसिक तनाव हटाउने विधी पनि हो, यौन । यौन शारीरिक क्रिया भएपनि यसमा भावना जोडिएको हुन्छ । त्यसैले यौन क्रिया र त्यसबाट लिने सन्तुष्टि सबैमा एकरुपता हुँदैन । खासगरी पार्टनरको सोचाई, बुझाई आदिले यसमा खास भूमिका खेल्छ । किनभने, यौन साथी एकैखाले हुँदैनन्, धेरै थरीका हुन्छन् । कस्ता कस्ता हुन्छन् त यौन साथी ?

रोमान्टिक पार्टनर

यस्तो दम्पती यौन सम्पर्कका बेला निकै मस्ती गर्छन् । पार्टनरलाई उत्तेजित गराउनका लागि अनेक जुक्ति निकाल्छन् । साथै आफ्ना पार्टनरबाट पनि यस्तो अपेक्षा गर्छन् कि, उनले पनि यौनमा सक्रियतापूर्वक सहभागी जनाओस् । यस्ता दम्पती यौन सम्बन्धको क्रममा यस्तो सेक्सअल फ्यान्टासीबाट प्रेरित हुन्छ, जो उनीहरुले कहि देखेको वा पढेको हुन्छ । उनीहरुको यौन जीवन सफल र सन्तुष्ट हुन्छ ।

उदासिन पार्टनर

कति दम्पती यस्ता हुन्छन्, जसको यौन जीवन एकदमै खल्लो हुन्छ । कामको बोझ, पारिवारिक तनाव, रोग, सम्बन्ध अदिको कारण उनीहरुमा यौनप्रति कुनै रुची हुँदैन । यौन मनोविज्ञहरु भन्छन्, ‘कतिपय अवस्थामा सबैकुरा ठीकठाक भएर पनि दम्पती यौनमा उदासिन हुन्छन् ।’ जो पार्टनर यौनमा उदासिन हुन्छन्, उनीहरुले आफ्नो यौन क्षमता पनि गुमाउँछन् । यौन उदासिनताले पार्टनरबीचको सम्बन्धमा समेत खटपट ल्याउन सक्छ । कतिले चाहि आफ्नो यौन इच्छा दबाएर बस्छन् । उनीहरु यौनलाई भन्दा अरु कुरालाई बढी महत्व दिन्छन् ।

यदि पार्टनरले यौन रुची देखाएपनि उनीहरु त्यसमा खासै चासो दिदैनन् । पार्टनरको अनुरोधमा उनीहरु तयार त हुनसक्छन्, तर स्वंम पहल गर्दैनन् । र, सक्रिय पनि हुँदैनन् ।

भावनात्मक रुपले जोडिएका पार्टनर

यस्तो दम्पती यौन सम्बन्धका क्रममा भावनात्मक रुपले पनि आपसमा जोडिने प्रयास गर्छन् । उनीहरुको लागि शारीरिक क्रिया दोस्रो प्राथमिकताका विषय हुन् । उनीहरुको लागि यौन एउटा माध्याम हो, आफ्ना पार्टनरसँग सम्बन्ध बनाउने । यस्तो दम्पतीले यौन सम्पर्कका लागि आफ्ना पार्टनरलाई कहिल्यै दवाव दिदैनन् । उनीहरु मिलनसार र समझदार हुन्छन् । उनीहरु यौन सम्पर्कका क्रममा पनि एकअर्काको सन्तुष्टिमा बढी केन्दि्रत हुन्छन् ।

अधिक विश्वासिला पार्टनर

यस किसिमको दम्पती जीवनलाई सुमधुर र सुखद बनाउने विधीको रुपमा यौनलाई लिन्छन् । उनीहरु आफ्नो दैनिक जीवनयापनका क्रममा आइपर्ने झन्झट, तनाव आदि हटाउनका लागि यौनको साहारा लिन्छन् । साथै यौन जीवन सफल बनाउन योग, व्यायाम, ध्यान गर्छन् । उनीहरुको सोचाई हुन्छ कि, यौन नै तनाव कम गर्ने राम्रो औषधि हो ।

यौनमा लत भएका पार्टनर

कुनै दम्पती यस्ता हुन्छन्, जसले यौनलाई सर्वोपरी ठान्छन् । मौका पाउनसाथ उनीहरु यौनको आनन्द उठाउन छाड्दैनन् । पार्टनरले रुची राखोस् वा नराखोस्, परिस्थिती अनुकुल होस् वा प्रतिकुल, उनीहरु वेपर्वाह यौनमा तल्लिन हुन रुचाउँछन् । यस्ता पार्टनर आफ्नो सन्तुष्टिमा केन्दि्रत हुन्छन् । यौनमा लत भएकाहरुले पार्टनरलाई केवल आफ्नो यौन तृप्त गर्ने साधनको रुपमा बुझ्छन् ।

कामुक पार्टनर

यस्ता दम्पती कामुक प्रवृत्तिका हुन्छन् । उनीहरुमा यौनको इच्छा एकदमै तिब्र हुन्छ । उनीहरुको सम्बन्ध जहिलेपनि तातिरहेको हुन्छ । यौन मनोविज्ञका अनुसार यस्ता दम्पतीले यौनलाई नै महत्वपूर्ण हिस्सा ठान्छन् । यहि कारण यौन सम्बन्धका क्रममा उनीहरु आक्रमक पनि हुने गर्छन् ।

स्वार्थी पार्टनर


केहि यस्ता यौन साथी हुन्छन्, जो शारीरिक सम्बन्धका बेला केवल आफ्नो सन्तुष्टिलाई मात्र ध्यान दिन्छन् । उनीहरु चाहन्छन् कि, बेडरुममा आफुले जे चाह्यो पार्टनर त्यही अनुरुप प्रस्तुत भइदियोस् । हरेक यौन क्रिया उनी आफ्नो ढंग र रुची अनुसार गर्न चाहन्छन् । उनीहरु आफ्नो पार्टनरको खुसी र सन्तुष्टमा कतिपनि ध्यान दिदैनन् ।

एजेन्सीकाे सहयाेगमा ,

भर्खरै

सम्बन्धित खबर

Language »