सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युनिसेफको चेतावनीः दक्षिण एसियामा ६ महिना भित्रमा १२ लाख बालबालिकाको मृत्यु हुन सक्छ

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण दक्षिण एसियामा आगामी ६ महिनामा दैनिक दुई हजार चार सय बालबालिकाको मृत्यु हुन सक्ने युनिसेफले चेतावनी दिएको छ ।

युनिसेफले यो आकलन जोन्स हप्किन्स ब्लुमवर्ग स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताको विश्लेषणको आधारमा तयार पारेको हो । युनिसेफका अनुसार महामारीको कारण स्वास्थ्य कमजोर हुँदै जाने हो भने सबैभन्दा खराब अवस्थामा कम र मध्यमस्तरको प्रतिव्यक्ति आय भएका मुलुकमा ५ वर्षमुनिका १२ लाख बालबालिकाको ६ महिनाभित्र मृत्यु हुन सक्छ ।

महामारीको कारण पछिल्लो समय बालबालिकाको लागि नियमित स्वास्थ्य सेवा कार्यक्रम प्रभावित बनेका छन् । साथै उनीहरुले पौष्टिक आहार पनि पाउन सकेका छैनन् ।

अनुसन्धानकर्ताहरुका अनुसार आगामी ६ महिनामा भारतमा मात्र तीन लाख बालिबालिकाको मृत्यु हुनेछ, पाकिस्तानमा ९५ हजार, बंगलादेशमा २८ हजार, अफगानिस्तानमा १३ हजार र नेपालमा चार हजार बालबालिकाको मृत्यु हुनेछ ।

युनिसेफको दक्षिण एसियाका क्षेत्रीय निर्देशक जिन गोउफले एक दशकमा पहिलोपटक पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युको संख्या बढ्न सक्ने चिन्ता व्यक्त गरे ।

उनले कुनै पनि अवस्थामा आमाहरु, गर्भवती महिला र बालबालिकाको रक्षा गर्नुपर्ने बताए । उनले महामारीविरुद्ध लड्न जरुरी भए पनि मातृशिशु रक्षा कार्यक्रम रोक्न नहुने बताए । उनले महामारीको समयमा पनि बच्चाको जन्म, बालबालिकाको स्वास्थ्य र पोषण सेवा निकै महत्वपूर्ण हुने बताए ।

यसअघि नै स्वास्थ्य प्रणाली कमजोर रहेका मुलुकमा कोरोना भाइरसको महामारीको कारण स्वास्थ्य सेवामा थप अवरोध सिर्जना भएको छ । साथै वित्तीय र जनशक्तिको पनि अभाव देखिएको छ । लकडाउनको कारण स्वास्थ्य केन्द्रमा पनि मानिसहरु आउन छाडेका छन् ।

युनिसेफले गरेको आकलन अनुसार महामारीको असर सबैभन्दा कम देखिएको खण्डमा पनि विश्वभर दैनिक एक हजार चार सय मानिसको मृत्यु हुनेछ ।

एजेन्सीकाे सहयाेगमा

भर्खरै

सम्बन्धित खबर

Language »