सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युनेस्कोद्धारा अभियानकर्तालाई मानव बेचविखन विरुद्धको तालिम शुरु

नेपालगञ्ज, बाँके युनेस्को क्लबले समुदायका अभियानकर्ताहरुका लागि नेपालगञ्जमा मानवबेचविखन विरुद्धको तीन दिने भर्चुअल तालिम शुरु गरेको छ ।


प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको मानवबेचविखन विरुद्धको परियोजना अन्र्तगत सो तालिमको आयोजना गरिएको हो ।


सो तालिममा सहभागि हुनु भएका अभियानकर्ताहरुले मानवबेचविखन विरुद्ध तालिममा सिकेका कुराहरुलाई सुमदायमा गएर जानकारी गराई महिला तथा बालबालिकालाई बेचविखनबाट जोगाउन सचेतना अभियान चलाउने बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।


तीन दिनसम्म सञ्चालन हुने सो भर्चुअल तालिममा प्लान इन्टरनेसनल नेपालका सामाजिक व्यवहार परिवर्तन सञ्चार विशेषज्ञ अनिश राज श्रेष्ठले सहजीकरण गरिरहनु भएको छ ।

No description available.


तालिममा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकाबाट ५–५ जना गरेर २० जना अभियानकर्ताको सहभागिता रहेको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।


सो तालिममा मानवबेचविखन विरुद्धको परियोजनाका कार्यक्रम अधिकृत फिरोज हसन, फिल्ड सुपर भाइजर शंकर सिंह थारु, आशा गुरुंग तथा सामाजिक व्यवहार परिवर्तन सञ्चार सहजकर्ता रन्जना विकको पनि सहभागिता रहेको क्लबले जनाएको छ ।


मानवबेचविखन विरुद्धको परियोजना अन्र्तगत क्लबले बाँकेका विभिन्न पालिकाहरुमा विभिन्न प्रकारका सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »