सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युनेस्को क्लबद्धारा अतिविपन्न परिवारलाई कुखुराका चल्ला र दाना वितरण


नेपालगञ्ज,बाँकेको नेपालगञ्ज, राप्तीसोनारी र नरैनापुरका अति विपन्न तथा पिछिडिएका परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यले कुखुरा पालनका लागि चल्ला, दाना र अन्य सामाग्री वितरण गरिएको छ ।

कतार च्यारेटी नेपालद्धारा बाँके युनेस्को क्लबमार्फत सञ्चालन गरिएको जिविकोपार्जनका लागि साना किसान सहायता परियोजना अन्तर्गत कुखुरापालन कार्यक्रमबाट सो सहयोग प्रदान गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका, राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर र नरैनापुर गाउँपालिकाको कालाफाँटाका अति विपन्न २८ परिवारलाई कुखुरापालनका लागि प्रति परिवार १४० वटा कुखुराका चल्ला, ४ बोरा दाना, पानी खुवाउने ड्रम ३ वटा, दाना खुवाउने ड्रम ३ वटालगायतका सामाग्री प्रदान गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँले विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याएर उनिहरुलाई सक्षम बनाउनका लागि सो सहयोग गरिएको बताउनुभयो । बाँके युनेस्को क्ललबका अध्यक्ष राजेन्द्र चौधरी, कार्यकारी निर्देशक रवि तुलाधर र वित्त प्रमुख वेद पंगालीले विपन्न परिवारलाई कुखुराका चल्ला, दाना र अन्य सामाग्रीहरु हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा बोल्दै अध्यक्ष चौधरीले कुखुरापालनका लागि प्रदान गरिएको यो सहयोग ठुलो सहयोग रहेको जनाउँदै यसलाई राम्रोसंग गर्ने हो भने आर्थिक अवस्थामा अवश्य नै सुधार हुने बताउनुभयो ।

जिल्लाका २८ अति विपन्न परिवारलाई वितरण गरिएको सो सहयोग १६ लाख रुपियाँ भन्दा बढीको रहेको क्लबका वित्त प्रमुख पंगालीले बताउनुभयो ।

कतार च्यारेटी नेपालले बाँकेमा क्लब मार्फत यसअघि पनि आर्थिक रुपमा कमजोर रहेका अति विपन्न परिवारलाई बाख्रापालन, कुखुरापालन, पसल सञ्चालनका लागि सहयोग प्रदान गरिसकेको छ ।

कतार च्यारेटी नेपालले विभिन्न प्रकारका परियोजनामार्फत बाँकेमा सहयोग उपलब्ध गराउँदै आएको क्लबले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »