सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युनेस्को क्लबद्धारा अभिभावकका लागि बर्दिया ठाकुरबाबामा कार्यशालाको आयोजना

नेपालगञ्ज,बाँके युनेस्को क्लबले रोजगारी अवसर र अभिभावकलाई लैंगिक समानताका बारेमा जानकारी दिन बर्दियाको ठाकुरबाबा नगरपालिकामा अभिमूखिकरण कार्यशाला सम्पन्न गरेको छ ।
लैङ्गिक समानता र रोजगारीका अवसरहरूका बारेमा आमाबाबु, अभिभावक र घरका प्रमुखहरूलाई जानकारी गराउनका लागि सो कार्यशालाको आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो कार्यशालाको आयोजना गरिएको हो ।


लैङ्गिक समानता, मर्यादित कामका अवसर, सीपमूलक तालिमको महत्व र युवा विशेष गरी महिलालाई स्वरोजगार बनाउन तथा रोजगारीको अवसर प्रदान गर्ने विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
घर र समुदायमा सकारात्मक÷सहायक वातावरण सिर्जना गर्ने लक्ष्यका साथ घरपरिवारका प्रमुख वा अभिभावकहरूका लागि गरिएको सो अभिमूखिकरणबाट युवा महिलाहरूले घर र समुदायमा कुनै आपत्ति बिना आफ्नो प्राविधिक सीप सिक्न सकुन र तालिम जारी राख्न सकुन भन्ने कार्यशालाको मुख्य उदेश्य रहेको परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
सो कार्यशालामा लैंगिकमैत्री सहयोगी वातावरण सिर्जना गर्न परिवारको प्रमुख वा आमाबाबु जस्तै बुबा, आमा, भाइ, बहिनी, हेरचाहकर्ता र परिवारको सदस्यहरुसंग छलफल गर्ने, सामुदायिक नेता र रोल मोडेलहरू परिचालन गर्ने, युवाहरूको आकांक्षा र अभिभावकहरूको समझ बुझ्ने तथा नयाँ व्यवसाय र रोजगारीका अवसरहरू कसरी सुरु गर्ने भन्ने बारेमा अभिभावकहरूका विभिन्न जिज्ञासाहरूका सम्बन्धमा छलफल गरिएको थियो ।
कार्यशालामा २४ जना अभिभावकको सहभागिता रहेको थियो । आधुनिक तालिम केन्द्र गुलरियाका कृष्णप्रसाद पाण्डेले कार्यशालाको सहजीकरण गर्नु भएको थियो भने परियोजनाका सुपरभाइजर कञ्चन दहितले व्यवस्थापन गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »