सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युनेस्को क्लबद्धारा नेपालगन्जमा ४९ लाख भन्दा बढीको खाद्यान्न राहात वितरण


नेपालगञ्ज, बाँके युनेस्को क्लबले कोरोनाले गर्दा अत्याधिक आर्थिक संकटमा परेर जिविका चलाउन समस्या भएका नेपालगञ्ज उपमहानगरपालिका भित्रका ३६५ विपन्न परिवारलाई खाद्यान्न राहात वितरण गर्न शुरु गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको ‘समुदायका लागि खाद्यान्न सहयोग कार्यक्रम’ अन्तर्गत उपमहानगरपालिकासंगको समन्वयमा सो खाद्यान्न राहात वितरण शुरु गरिएको हो ।

No description available.


नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले सो खाद्यान्न राहात वितरण कार्यको मंगलवार शुभारम्भ गर्नुभयो ।
सो अवसरमा बोल्दै मेयर राणाले कोभिडले गर्दा आर्थिक अवस्था कमजोर भएका समुदायका यति धेरै अति विपन्न परिवारलाई ठुलो परिमाणको खाद्यान्न वितरण गरिएकोमा युनेस्को र प्लानप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले यो राहातले प्लान स्पोन्सर विपन्न परिवार र अन्य विपन्न परिवारलाई केही महिनासम्म जिविका चलाउन ठुलो सहयोग गर्ने बताउनुभयो ।
सो अवसरमा बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकी, अध्यक्ष राजेन्द्र चौधरी, कार्यकारी निर्देशक रवि तुलाधर, कोषाध्यक्ष बुधेश जयसवाल, कार्यसमितिका सदस्य फिरदौस जहाँ लगायतले पनि खाद्यान्न वितरण गर्नु भएको थियो । कार्यक्रम सञ्चालन क्लबका अनुप बर्माले गर्नु भएको थियो ।


खाद्यान्न वितरण गरिएका हरेक परिवारलाई १३ हजार ४९५ रुपियाँ बराबरको सय केजी चामल, २५ केजी मसुरोको दाल, ५ लिटर खाने तेल, ६ केजी नुन, चिनि ५ केजी, मटर, चना र सिमिको दाल ५–५ केजी र १५ वटा साबुन वितरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।


उहाँले ३६५ विपन्न परिवारलाई ४९ लाख भन्दा बढी मुल्यको खाद्यान्न वितरण गरिने बताउनुभयो । खाद्यान्न सहयोग पाउनेहरुमा नेपालगञ्ज १७, १८, १९ र २२ का अति विपन्न परिवार बाहेक वडा नम्बर १ स्थित समाज विकास तथा प्रवद्र्धन केन्द्रको अनाथालयमा रहेका ९ जना अनाथ बालिका र वडा नम्बर ४ स्थित नेपालगञ्ज कन्या विद्यालयका ४० जना छात्राहरु पनि रहेको क्लबले जनाएको छ ।


खाद्यान्न राहात पाउनेहरुमा २९३ परिवार प्लान स्पोन्सर विपन्न परिवार र ७२ परिवार अन्य विपन्न परिवार रहेको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »