सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युनेस्को क्लबद्धारा बाँकेका १६६ अनाथ र विपन्न बालबालिकालाई आर्थिक सहयोग


नेपालगञ्ज, बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न स्थानीय तहमा रहेका ११६ जना अनाथसहित १६६ जना विपन्न र गरिब बालबालिकालाई आर्थिक सहयोग वितरण गरेको छ ।

कतार च्यारेटी नेपालको सहयोगमा जिल्लाका १६६ जना अनाथ तथा विपन्न बालबालिका र शिक्षकलाई समेत गरेर करिब ४७ लाख रुपियाँ सहयोग वितरण गरिएको क्लबले जनाएको छ ।

अनाथ र विपन्न एवं गरिब बालबालिकाको छनोट गरेर उनिहरुलाई छात्रबृति वापत सो रकम वितरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँले १३ वर्षभन्दा कम उमेरका ११६ जना अनाथ बालबालिका, ६ जना विपन्न शिक्षक, १५ जना अपांगता भएका बालबालिका र २४ जना आर्थिक रुपमा अतिनै विपन्न बालबालिकालाई सो आर्थिक सहयोग गरिएको बताउनुभयो ।

सो आर्थिक सहयोग वितरण गर्न आयोजना गरिएको एक औपचारिक कार्यक्रममा क्लबका संरक्षक सिद्दिकी, अध्यक्ष राजेन्द्र चौधरी र कतार च्यारेटी नेपालका प्रतिनिधि जियाउररहमान खानले बालबालिकालाई चेक हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा बोल्दै कतार च्यारेटी नेपालका प्रतिनिधि खानले अनाथ र अतिविपन्नलाई सक्षम बनाउने उदेश्यले यो सहयोग वितरण गरिएको बताउनुभयो ।

उहाँले कतार च्यारेटीको यो सहयोगले ठुलो संख्याका अनाथ बालबालिकालाई लाभ पुगेको पनि बताउनुभयो ।

क्लबका अध्यक्ष चौधरीले कतारले गरेको यो र यस्तै अन्य सहयोगले अनाथ, विपन्न र गरिबलाई ठुलो मद्दत पुगेको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »