सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युवतीको गोली हानी हत्या गरेर फरार पाँच जनालाई प्रहरीले पक्राउ

काठमाडाैँ । रौतहटमा गोली हानी युवतीको हत्या गरेर फरार पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत कात्तिक २६ गते राति घरमै आमासँग सुतिरहेकी माधव नारायण नगरपालिका ५ लौकाहा टोलकी १८ वर्षीया अमृताकुमारी साहको गोलीहानी हत्या गरिएको थियो।

टाउकोमा गोली लागेकी युवतीको घटनास्थलमा नै मृत्यू भएको थियो। गोली हानेर फरार भएका व्यक्तिहरु १५ दिनपछि पक्राउ परेका हुन्।

साहको हत्या आरोपमा विभिन्न स्थानबाट पाँच जनालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिलाई रौतहट प्रहरीले आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ। उनीहरुविरुद्ध आइतबार म्याद थप गर्ने र अनुसन्धान सुरु गर्ने रौतहट प्रहरीले जनाएको छ।

ती युवती २०७६ फागुनमा सर्लाहीका रुपेश साहसँग विवाह गरे पनि सम्बन्ध विच्छेद भएपछि माइतीमै बस्दै आएकी थिइन्।

भर्खरै

सम्बन्धित खबर

Language »