सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यु. ए. ई.अनि न्यूजिल्याण्ड देखि अमेरिकासम्म फैलियो ल्होछार

बुटवल । न्यूजिल्याण्डमा बसोवास गरिरहेका तामाङहरुले र अमेरिकाको टेक्सासमा बासोवास गरिरहेका तामाङहरुले २८५९ औं तावर ल्हो सोनाम ल्होछारलाई विभिन्न सास्कृतिक कार्यक्रमहरुको प्रस्तुतिका साथ मनाएका छन् ।

तामाङ सोसाइटि अफ न्युजिल्याण्डको आयोजनमा भएको तावर ल्होछार कार्यक्रममा विभिन्न खानाका परिकार र २०१८ को मिसेस तामाङ को टप टेन सन्चु मोक्तान लामाको विशेष प्रस्तुतिमा कार्यक्रममा उपस्थित तामाङहरुले खुशी मनाएको न्युजिल्याण्डबाट निश्चल तामाङले सारा खबरलाई जानकारी दिनुभएको छ ।


भुगोलको कारणले त्यहाँ रहेका सबै तामाङहरु एक ठाउँमा जम्मा हुन नसकेको कारणले साउथ आइसलाइन्डमा त्यहाँ रहेका मगर, गुरुङ,नेप्लिज सोसाइटी अफ साउथल्यान्डका विशेष व्यक्तिहरुलाई सम्मान गरेर कार्यक्रम सम्पन्न भएको थियो भने अक्ल्यान्डमा विविध सास्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको जानकारी दिएको छ ।

अमेरिकाको टेक्सासमा बासोवास गरिरहेका तामाङहरुले पनि तावर ल्हो लाई विशेष फरक तरिकाले मनाएको जेवी लामाले सारा खबरलाई जानकारी दिनु भएको छ । वाइस वर्ष देखि टेक्सासमा नै रहेका संग्राम सिं लामाले पठाएको भिडियो र फोटोलाई आधार मान्ने हो भने त्यहाँ रहेका तामाङहरुले तामाङ सस्कृति र मौलिकतालाई भुलेको छैन भन्ने सन्देश दिएको छ । तावर ल्हो मनाउनका लागि नै टेक्सामा रहेका तामाङ सोसाइटी अफ टेक्सासले गायिका शशिकला मोक्तान र गायक विजय लामालाई बोलाएर फरक सन्देश दिन खोजेका थिए । कार्यक्रममा सास्कृतिक प्रस्तुति दिनका लागि टेक्सास पुगेका गायिका शशिकला मोक्तान भन्नु हुन्छ । “वास्तवमा नै भन्ने हो भने नेपालमा नै बसेर प्रस्तुति दिएको अनुभव भएको छ । यहाँ तेमाल ठुलो पर्सेलको मात्रै करिब सय जना भन्दा धेरै तामाङहरु रहेछन् । धेरै रमाइलो भएको छ । यो अवसर दिनुभएकोमा तामाङ सोसाइटि अफ टेक्सासलाई विशेष धन्यवाद दिन चहान्छु ।”

तामाङ समाज यूएई को आयोजनमा सेलो विशेष तावर ल्हो सोनाम ल्होछार कार्यक्रम सम्पन्न भएको छ । नेपालबाट सांगीतिक प्रस्तुति दिन आएका नेपाल तामाङ कलाकार संघको अध्यक्ष, गायक एवम् संगीतकार विश्व दोङ, म्हेन्दोमाया गायक शैलाप वाइबा लगायत युएईलाई कर्मथलो बनाएका स्थानीय कलाकारहरुको जोडदार प्रस्तुतिले ल्होछार कार्यक्रम संगीतमय बनेका थिए । कार्यक्रम संयोजक तथा तामाङ समाज ययूएई को उपाध्यक्ष एभ्रिल तामाङले सारा खबरलाई जानकारी दिनुभएको हो


भारतको आसाममा रहेका तामाङ समुदायले तावर ल्होलाई भब्यताकासाथ मनाएको गायक सेरप रुम्बाले जानकारी दिनुभयो ।
साइप्रस, इजराएल, अष्ट्रेलिया, युके लगाएत विभिन्न देशमा रहेका तामाङहरुले खुलेर सोनाम ल्होछार मनाएका छन् । तामाङ समुदायमा नाम चलेका कलाकारहरुलाई बोलएर विशेष प्रस्तुतिमा खुशी बाँढ्दै सोनाम ल्होछार मनाउने प्रचलन वृद्धि हुँदैछन् ।


विश्वभरी छरिएर रहेका तामाङहरुले अहिले सोनाम ल्होछारलाई विशेष प्राथमिकतामा राखेर मनाउने गरेका छन् । भाषा र धर्म नरहे जातको अस्तित्व रहदैन भने जस्तै नेपालमा लोप हुन लागेको तामाङ समुदायको विशेष पर्व ल्होछारलाई विश्वभरी रहेका तामाङहरुले मनाउनु भनेको भाषा र सस्कृतिको जगेर्न गरिरहे र जहाँ रहेपनि भाषा र धर्म अनि सस्कृतिलाई भुल्न सकिदैन भन्ने मुल सन्देश दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »