सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यूएईबाट एक शिशुसहित १ सय ६९ जना नेपाली काठमाडौं आइपुगे,एक शव पनि सँगै ल्याईयो

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)बाट एक शिशुसहित १ सय ६८ जना नेपाली कामदार शुक्रबार आइपुगेका छन् । १६८ नेपाली यात्रु र एकजना बच्चा गरी १६९ लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

उनीहरु एयर अरेबियाको उडान नम्बर जी ९:१७५१ नम्बरको उडान मार्फत त्रिभुवन विमानस्थलमा साँझ ५:३६ मा आइपुगेका हुन् । जहाजमा ३३ वर्षीय एक नेपालीको शव पनि छ ।

युएइबाट नेपाल आएका सबै नेपाली यात्रुहरुले कोरोनाको पोलिमरेज चेन रियाक्शन(पीसीआर) जाँचको प्रमाणपत्र लिएर आएको बताइएको छ । नेपाल भित्रिनका लागि सबैभन्दा पहिलो स्वास्थय मापदण्ड अन्तरगत पीसीआर जाँच प्रमाणपत्रलाई लिइएको छ। उनिहरुलाई पाली सेनाले तोकिएको काठमाडौंको ३ वटा होल्डिङ सेन्टरमध्ये कुनमा लैजाने भन्ने एकिन भइनसकेको नेपाली सेनाका प्रवक्ता डा विज्ञानदेव पाण्डेले जानकारी दिए।

जहाजमा नेपाली दूतावासले प्राथमिकताको आधारमा तय गरेको यात्रु छैन । विमान दुई वटा सुरक्षा कम्पनीमा करार अवधि समाप्त भएका नेपाली सुरक्षा गार्डहरु रहेका छन् । ट्रान्सगार्ड कम्पनीका ७९ जना र इजादा कम्पनीका ६७ जना छन् । उनीहरु सुरक्षागार्ड हुन् । बाँकी अन्य कम्पनीमा कार्यरत थिए ।

त्यसमा अधिकांस चैत ११ गते उडान गर्न सारजाहा र दुबई विमानस्थलबाट फर्केका कामदार हुन् । सुरक्षा गार्डको रुपमा कार्यरत अर्जुन चौहानले करारपत्र रद्द भएपछि कम्पनीले नै नेपाल ल्याउने प्रबन्ध मिलाएको बताए । ट्रान्सगार्ड कम्पनीले यूएईमा लकडाउन भएपछि २४ सय नेपालीलाई रोजगारबाट निष्कासन गरेको थियो ।

यसअघि म्यानमारबाट ल्याएका २६ जना नेपालीलाई वसुन्धारास्थित यति पाटी प्यालेसको होल्डिङ सेन्टरमा राखि क्वारेन्टाइनमा अपनाउनुपर्ने उपायहरुको सामान्य जानकारी दिई होमक्वारेन्टाइनका लागि पठाइएको बताइएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »