सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यूएईबाट नेपाल फर्किन चाहने ४५ हजार, फर्किन पाए मात्र ६ हजार

काठमाडौं / २९ असार।
संयुक्त अरब एमिरेट्स यूएईबाट नेपाल फर्किन चाहनेको सङ्ख्या ४५ हजार पुगेको छ तर अहिलेसम्म ५ हजार ८ सय ५९ जना नेपाल फर्किएका छन्।

कोरोनाको कारण जागिर गुमाएका, रोजगारदाता भागेपछि अलपत्र परेका, अध्ययन तथा घुम्न आएका गरी झण्डै ४५ हजार जनाले स्वदेश फर्कनका लागि आफ्नो नाम दूतावासमा दर्ता गराएका छन् ।

दूतावासले पछिल्लो पटक आइतबार तेस्रो चरणमा ३८ हजार ९ सय ९१ जनाको नामावली सार्वजनिक गरेको छ । यसअघि पनि दूतावासले दुई चरणमा नामावली सार्वजनिक गरेको थियो । दूतावासले ४ सय १० जनालाई पहिलो प्राथममिकतामा राखेर १७ हजार ३ सय ७५ जनाको नामावली यसअघि नै सार्वजनिक गरेको थियो ।

आबुधावीमा रहेको नेपाली दूतावासले आइतबार सूचना निकालेर अहिलेसम्म ५ हजार ८ सय ५९ जना नेपाल फर्किएको जनाएको छ । दुई चरणमा गरेर ३५ वटा उडान भएका छन् । दुई चरणमा गरी भएका ३५ उडानमार्फत प्राथमिकतामा परेका नेपाली स्वदेश फर्किएका छन् ।

अहिलेसम्म ६ जनाको निःशुल्क उडान अहिलेसम्म नेपाल फर्किनेहरुमा धेरै पैसा भएका र आफैं वा कम्पनीले टिकट काटिदिएर फर्किएकाहरु हुन् । फर्किनेमध्ये ६ जना मात्रै आफूले पैसा नतिरी नेपाल फर्किएका छन् ।

यूएईबाट नेपालीको स्वदेश फिर्तीका लागि आउँदो हप्ता १५ देखि २२ जुलाईमा मात्रै थप १० उडानहरू हुने दूतावासले जनाएको छ । बुधबार एकै दिन ६ उडानमार्फत झण्डै १ हजार जना नेपालीहरू स्वदेश फर्काउने प्रयास भइरहेको दूतावासले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »