सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यूएईमा थपिँदै कोरोना सङ्क्रमित: सतर्कता अपनाउन आग्रह

यूएईमा कार्यरत २ जना नेपालीलाई कोरोना संक्रमण भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार दुई नेपालीसहित थप १४ जनालाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । योसँगै यूएईमा कोरोना संक्रमितको संख्या ५९ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
सोमबार थपिएका नयाँ संक्रमितहरुमध्ये २ नेपाली, ४ स्थानीय, ३ इटालियन, २ बंगलादेशी र १/१ जना रुसी, भारतीय र सिरयाली नागरिक रहेको गल्फ न्युजले उल्लेख गरेको छ।
यूएईमा हालसम्म ५ जना संक्रमित उपचारपछि निको भएर फर्किसकेको त्यहाँको मन्त्रालयले जनाएको छ। उपचार गरेर फर्केनहरुमा २ स्थानीय, २ इथोपियनर १ थाइल्यान्डका नागरिक छन्।
संक्रमितहरुको कडा स्वास्थ्य सुरक्षाकाबीच उच्च सतरकर्ता अपनाएर उपचार भइरहेको गल्फ न्युजले बताएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »