सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यूवा तथा खेलकुद मन्त्री दावा लामा लाई नेपाल तेक्वान्दो संघको बधाई तथा शुभकामना

काठ्माण्डौ

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तरगत रहेको  राष्ट्रीय खेलकुद परीषद नेपाल को एउटा अंग को रुप मा हेरीने नेपाल तेक्वान्दो संघ केन्द्रीय समिति  को तर्फ बाट आज एक भब्य कार्यक्रम बिच नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामा लाई  बधाई तथा शुभकामना प्रदान गरीएको छ  ।

नेपाल तेक्वान्दो संघ का उपाध्यक्ष भरत महर्जन को शभापतित्व मा सम्पन्न भएको कार्यक्रम का प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री दावा लामा  रहेका थिए  ।  कार्यक्रम मा उपाध्यक्ष महर्जन ले उपस्थित सबैलाई स्वागत  गर्दै मन्त्री ज्यु बाट समग्र खेलकुद क्षेत्र ले ठुलो आशा र अपेक्षा गरेको जनाउदै यसमा मन्त्री ज्यु ले निराशा नपार्ने कुरामा आफुहरु बिस्वस्त रहेको बताए  ।

मनतब्य राख्ने क्रममा संघका महासचिव तथा संस्थापक दिपराज गुरुङ्ग ले तेक्वान्दो को बिकासको लागी आफ्नो संस्थाले गरेका काम, लागेका आरोप र सरकारी संयन्त्र बाट हेर्ने दृष्टीकोण को बारेमा खुलेर बोलेका थिए  । ८औं साग बाट आफ्नो अन्तराष्ट्रीय प्रदर्शन शुरु गरेको तेक्वान्दो  ले देशकै शान बढाएको,  कुनै पनि अन्तराष्ट्रीय खेल हरु मा खालिहात फर्कनु  नपरेको र ओलम्पिक सम्मको यात्रामा राम्रो स्थान लिन सफल हुँदा पनि  खेलाडी हरु लाई राज्य ले हेर्ने दृष्टीकोण पुरानै भएको मा उनले निकै चिन्ता ब्यक्त गरेका थिए  ।

कुनै समय राज्यले महत्वपुर्ण सफलता हासिल गर्ने खेल र खेलाडीलाई उचित पुरस्कार को घोषणा गरेर पछि ऐन नै संसोधन गरि त्यस्को कटौती गर्दा आफुलाई अत्यन्तै  पिडा भएको उनले बताए  । संघ  को तर्फ बाट प्रस्तावित हाई अल्टीच्युट ट्रेनिङ्ग सेन्टर जुम्ला नबनाएर दोलखाको सैलुङ्ग मा बनाउन सके पर्यटन प्रबर्धन मासमेत टेवा पुग्ने भन्दै त्यता तीर सरकार को  ध्यान जानु पर्ने मा उनले जोड दीएका थिए। सबै राष्ट्र प्रती समर्पित हरुलाई कोरोनाको खोप लगाई रहँदा यो सरकार ले खेलाडी हरु लाई पनि भुल्नु नहुने मा उनले सचेत गराएका थिए  ।

कार्यक्रम मा आफ्नो मनतब्य राख्दै राष्ट्रीय तथा अन्तराष्ट्रीय खेलाडी संघ का अध्यक्ष दीपक श्रेष्ठ ले मन्त्रालय मा दावा लामा मन्त्री भएर कार्य भार समाले संगै खेलाडी हरु लाई दिने भनिएको प्रोत्साहन र सेवासुबिधा हरु  को काम अगाडी बढेको मा आफु खुसि भएको बताएका थिए  । अब सरकार ले दिने कुनै पनि धन रासि नगद नदिने भएकाले सुचित सबै खेलाडी हरु लाई आ आफ्नो बैंक खाता सहित  राष्ट्रीय खेलकुद परीषद नेपाल मा संपर्क गर्न पनि उन ले भनेका थिए  ।

प्रमुख अतिथिको मनतब्य राख्दै  युवा तथा खेलकुद मन्त्री दावा लामा ले आफुले मन्त्रालय  को कार्यभार संहालेको पहिलो दिनमै खेलाडि हरु को प्रोत्साहन भत्ता र सुबिधाको फाईल मा हस्ताक्षर गरेको स्मरण गराउँदै कार्य अगाडी बढिसकेको र  केहि दिनमै रिजल्ट आउने बताएका छन् । भर्खरै आफुले मन्त्रालय सम्हालेको ले केहि समय त्यहाँको परीस्थिती बुझ्नै समय लागेको हुदाँ अब सबै कुरा बुझिसकेपछि द्रुत गतीमा आफुले कार्य अगाडी बढाउने मन्त्री लामाले बताएका छन् ।  खेलाडी राष्ट्र का गहना हुन यिन लाई संरक्षण र  संबर्धन गर्नु मन्त्रालय  को  कर्तब्य भएको ले आफु त्यस बाट पछि हट्न नसक्ने मन्त्री  लामा ले बताएका छन्।

आफुले बुझेका र कार्यक्रममा उठेका बिषय हरु मन्त्रीपरीषद र प्रधानमन्त्री समक्ष राखेर समस्याको हल गर्न लागिपर्ने मन्त्री लामाले आस्वासन दिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »