सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यो चुनौतिलाई अबसर मा बदल्ने क्षमता राख्न सक्नु पर्छ :ठुलो बाबु श्रेष्ठ


(सिन्धु पाल्चोक जिल्ला को एक गाउँ बाट बिभिन्न शंघर्ष गर्दै काठ्माण्डौ मा ग्रील तथा स्टिल ब्यबसाय मा लामो समय गुजारेका ग्रील तथा स्टिल ब्यबसायी महासंघ का प्रथम उपाध्यक्ष ठुलो बाबु श्रेष्ठ संग सारा खबर डटकम का प्रती निधी ले गरेको कुराकानी का केहि अंश हरु)


वर्तमान नेकपा का शक्तिसाली नेता तथा प्रतीनिधि सभा का सभामुख अग्नी प्रसाद सापकोटा र सिन्धुपाल्चोक जिल्लाको युवा नेता, बाग्मती प्रदेश का सामाजिक बिकास मन्त्री युवराज दुलाल “शरद ” को नजिक को पात्र को रुपा हेरीएका ठुलो बाबु श्रेष्ठ एक कुशल ब्यबसायी मात्र नभइ सामाजिक सेवामा निरन्तर लागी रहने समाजसेवी पनि हुन् ।


अरु ब्यबसाय जस्तै ग्रील तथा स्टील ब्यबसाय लाइ पनि यो कोरोना भाइरस को त्रास ले तहस नहस बनाएको भन्दै सरकार ले ब्यबसायी हरु लाई बिषेस राहत प्याकेज दिनुपर्ने आफ्नो संगठन को माग रहेको उनले बताएका छन् ।
बिषेस गरी सानो लगानी मा कारखाना खोलेर जिविको पार्जन गरी रहेका ब्यबसायी तथा मजदुर हरु यती बेला धेरै मार मा परेकोले सरकार संग सहुलियत ब्याज मा ऋण तथा अनुदान को माग गर्नु परेको हो , यो बिषय मा ग्रील तथा स्टिल ब्यबसायी महासंघ धेरै गंभिर भएको छ ।


सरकार लाई करोडौ कर तिर्ने यो ब्यबसाय लाई स्थानिय सरकारले दर्ता गर्न र नविकरण गर्न नमानेको कारण कती पय कारखाना हरु अबैधानिक रुप मै चलिरहेको तथा कामदार हरु बिमा लगाएत का सुबिधा हरु बाट बन्चित हुनु परेको छ ।

ग्रील तथा स्टिल ब्यबसायी तथा मजदुर हरु मा भएको शिक्षा को कमी को कारण यो ब्यबसाय भित्र को अवस्था देखिए भन्दा अझै गंभिर रहेको छ । पछिल्लो समय ब्यबसायी हरु मा बिकास भएको संगठन प्रती को चासो ले केहि सुधार आएको भए पनि पुर्ण रुप मा सिस्टम मा चलाउन केहि समय लाग्ने श्रेष्ठ बताउ छन् ।


ग्रील तथा स्टिल ब्यबसायी को माग लाई बेवास्था गरेमा आफुहरु सरकार को ढोका ढकढक्याउन डेलिकेशन जाने तयारी मा रहेको र सुनुवाइ नभए आन्दोलन सम्म गर्नु पर्ने अवस्था आउन सक्ने भएको ले सबै ब्यबसायी र मजदुर हरु लाई तयारी अवस्था मा रहन पनि उनले अपिल गरेका छन् ।


कोरोना को कारण साना ब्यबसायी हरु पलायन हुनसक्ने अवस्थाअलाई मध्यानजर गर्दै अब नयाँ योजना बनाएर अगाडी बढ्नु अहिलेको तत्कालिन आवस्यकता रहेकोले यसमा महासंघ अझ गंभिर हुनु पर्ने उन को तर्क छ ।संगठन को प्रथम उपाध्यक्ष मात्र नभै अनुगमन बिभाग समेत मा आफु ले काम गरी रहेकोले ब्यबसायी तथा मजदुर हरु को वास्तविक समस्या आफुले पहिचाहन गरी सकेको हुँदा यसलाई समाधान गर्न तिर लाग्ने अबको उनको योजना रहेको बताएका छन् ।


सरकारले सपोर्ट गरेको खण्डमा ग्रील तथा स्टिल लाई उध्योग बानाएर एउटा ब्यबसायी हबको रुप मा बिकास गर्न सकिने र कामदार लाई पनि मालिक बनाउन सकिने खाल को योजना आफु संग रहेको ले साना ब्यबसायी हरु लाई नआत्तीन उनले भनेका छन् ।


अन्तमा चुनौती लाई अबसर को रुप मा प्रयोग गर्ने योजना आफु संग भएको ले साचै समस्या मा परेका ब्यबसायी हरु कोही भए आफु संग संपर्क गर्न आग्रह गर्दै उन ले सकेसम्म संगठन को रुप मा मात्र नभै ब्यक्ती गत रुप मा समेत सक्दो सहयोग गर्ने बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »