सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यो देशलाई एउटा भानु चाहिएको छ

कबिता
रचना : डि.बि.पराजुली

हाम्रो संकृति विर्साउन उक्साउने
सेन्टिमिटर र किलो ग्रामहरु
छोड्नु पर्छ कि अब
बरु हामिलाई त
मानदेवले चल्तिमा ल्याएको
पाथि र मानु चाहिएको छ ।
–याप,पप र आधुनिक गित
सुन्दा सुन्दा थाकिसके कानहरु
यौटा सुन्दर महाकाब्य लेख्ने
यो देशलाई एउटा भानु चाहिएको छ ।

पञ्चायत,बहुदल अनि गणतन्त्र
खै ?? के गर्न सक्यो र यसले
संबृद्ध राष्ट निर्माण गर्न
मौरिको जस्तै एउटा रानु चाहिएको छ ।
संकृति
बिकृतिमा परिणत हुन लागि सक्यो
त्यसैले
बिकृतिको बिरुद्धमा
एउटा सुन्दर महाकाब्य लेख्ने
यो देशलाई एउटा भानु चाहिएको छ ।

मिटर बिगारेर उपभोक्ता ठग्ने
बिद्युतिय तराजुलाई
छोड्नु पर्छ कि अब
बरु हामिलाई त
मानदेवले चल्तिमा ल्याएको
पाथि र मानु चाहिएको छ ।
पुरानो रामायणलाई
बिर्सन लागे युवा हरुले
आधुनिक युगको
नयाँ रामायण लेख्ने
यो देशलाई एउटा भानु चाहिएको छ ।
यो कबिता २०७५ साल को भानु जयन्ति को अबसबरमा बाचन गरिएको थिथो

भर्खरै

सम्बन्धित खबर

Language »