सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यो वर्षको दशैंमा लामो दूरीका यातायातमा पनि छैन घुइँचो

काठमाडौं । घटस्थापना शुरुभएपनि दशैंमा घर फर्कने यात्रु नहुँदा लामो दूरीका सवारी साधनमा खासै भीडभाड देखिएको छैन् ।

काठमाडौं बाहिर जाने मुख्य नाकाहरु कलंकी र कोटेश्वर पुग्दा सवारी साधनमा भीडभाड देखिएन् । सरकारले कात्तिक १ गतेदेखि पूरानै भाडादर लागू गरी पूर्ण क्षमतामा सवारी साधन सञ्चालन गर्न अनुमति दिएको छ । तर पनि सवारी साधनमा यात्रा गर्ने यात्रुहरुको संख्या न्यून देखिएको छ ।

अघिल्ला वर्षहरुमा दशैं शुरु भएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको चहलपहल बसपार्क, कलंकी, र कोटेश्वर क्षेत्रमा निकै देखिन्थ्यो । अग्रिम टिकट बुकिङ गर्दा समेत सहजै यात्रा गर्न मुस्किल पर्ने गर्दथ्यो । तर यसवर्ष कोभिड संक्रमणका कारण ती क्षेत्रहरु सुनसान छन् ।

लामो दूरीमा यात्रा गर्ने सवारी साधन नै न्यून देखिन्छन् भने यात्रुहरुको संख्या पनि निकै कम छ । कात्तिक एक गतेदेखि सरकारले सवारी साधनको पूरानै भाडादर कायम राख्ने तर पूर्ण क्षमतामा यात्रु राख्न पाउने व्यवस्था गरेको छ । तर पनि यात्रु नपाउँदा समस्या भएको यातायात व्यवसायीहरुको भनाई छ ।

सरकारले पूरानै भाडादर कायम गरेपनि यात्रु पाउन कठिन भएको सवारी साधन चालकहरु बताउँछन् । बसमा पूर्ण क्षमतामा यात्रु राख्दा जोखिम बढी हुने भएकाले यात्रुहरु नै बस चढन नमान्ने गरेको चालकहरु बताउँछन् । बसमा यात्रा गर्ने यात्रुहरु पनि असुरक्षित महसुस भएको बताएका छन् ।

संक्रमणको जोखिमका कारण नेपाल सरकार र स्थानीय तहहरुले जो जहाँ छ, त्यहि नै दशैं मनाउन आग्रह गर्दै आएका छन् । त्यसैले पनि यसपटकको दशैंमा उपत्यकाबाट घर फर्किने मानिसहरु न्यून संख्यामा देखिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »