सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रक्तदान गर्न अपिल गर्दै रिटायर्ड क्लब नेपाल

काठ्माण्डौं । कोरोना भाइरस (कोभिड -१९ ) को कारण बिभिन्न अस्पताल हरुमा रक्त अभाव हुने खतरा बढ्दै गएपछि सामाजिक रुपमा सकृय संघ संस्था हरुले खुल्ल रक्तदान कार्यक्रम हरु  चलाउदै  आईरहेका छन्।

यसै बिच रिटायर्ड क्लब नेपाल लगायत बिभिन्न सामाजिक संघ संस्ठा तथा मिडीया हरुको ब्य्बस्थापनमा यहि जेठ २९ गते सनिवार कलंकी चोकमा खुल्ला  रक्तदान कार्यक्रम हुने भएको  छ  ।

रक्त संचार केन्द्र संगको सहकार्यमा हुन लागेको सो  रक्तदान कार्यक्रममा उपस्थित भई रक्त दान गर्न सबैमा अपिल गरीएको छ ।

 निषेधाग्या को कारण आवत  जावतमा केहि असहज  हुन  नदिन स्थानिय प्रशासन संग समन्वय गरी बि भिन्न स्थान  बाट त्यहा सम्म आवत जावत गर्न यातायात को  ब्यबस्था गर्न लागीएको आयोजक संस्थाका चुडा बहादुर खड्का ( मिलन ) ले बताएका  छन् ।

२०७८ जेठ २९ गते सनिवार बिहान ८ बजे  बाट दिउँसो २ बजे  सम्म हुने सो  कार्यक्रममा संचार तथा पत्रकारीता जगत बाट १०८ औं पटक रक्तदान गरी विश्व रेकर्ड कायम गर्ने  गरी राष्ट्रीय संरक्षण साप्ताहिक का प्रकाशक / संपादक  के बि सम्राट को उपस्थिति रहने जनाईएको छ ।

कार्यक्रम  बारे थप केही बुझ्न चाहने हरुको  लागि अनिल पाण्डे लाई ९८५१०३४१३६,९८०१०३४१३६ मा संपर्क  गर्न कोलागि भनिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »