सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रक्त अभावलाई न्युनिकरण गर्न नेपाली काँग्रेस बि पि ले गर्यो खुल्ला रक्तदान

काठमाडौं । कोरोना को कारण छटपटाईरहेको नेपाली समाजलाई केहि राहत पुगोस् तथा अस्पतालहरुमा रक्त अभाव नहोस् भन्ने उदेश्य ले नेपाली काँग्रेस बि पि ले आज महारागंज भाट भटेनि सुपरमार्केट अगाडी एक खुल्ला रक्तदान कार्यक्रम गरेको थियो ।

पार्टीको केन्द्रीय समिति द्वारा आयोजना गरीएको सो कार्यक्रम मा ३४ जनाले रक्तदान गर्नु भएको थियो ।

रक्तदान जीवनदान भन्ने मुलनारालाई आत्मसाथ गर्दै आयोजना गरीएको कार्यक्रमलाई सफलबनाउन सहयोग गर्नुहुने संपुर्णमा केन्द्रीय कार्यलयको तर्फ बाट बिषेष धन्यवाद समेत ग्यापन गरीएको छ । पार्टी केन्द्रीय कार्यलय सचिव सुशिलराज वाग्ले द्वारा सो धन्यवाद ग्यापन गरीएको हो ।

सो पत्र जस्ताको त्यस्तै

रक्तदाताहरुमा धन्यवाद आज नेपाली काँग्रेस (वी.पी.)

केन्द्रिय समितिले “रक्तदान जीवन दान” भन्ने नारा सहित कोरोना महामारीमा हुन सक्ने रगतको अभावलाई मध्यनजर गरि काठमाडौको महाराजगन्ज चक्रपथमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ३४ जना रक्तदाताले रक्तदान गर्नुभएको छ । हाम्रो अपिललाई स्वीकार गरि रक्त दानमा सहभागि रक्तदाताहरु र कार्यक्रममा सहजीकरण गरिदिनु भएकोमा जिल्ला प्रशासन कार्यालय काठमाडौ, ट्राफिक प्रहरी, नेपाल प्रहरी र महाराजगन्ज प्रहरी वृत्तलाई सम्मेत हार्दिक धन्यबाद व्यक्त गर्दछौँ ।

 जय नेपाल वी.पी. !

सुशिलराज वाग्ले

(कार्यालय सचिव)

भर्खरै

सम्बन्धित खबर

Language »