सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रगत को अभाव लाई न्युनिकरण गर्न जेष्ठ १ गते आकस्मिक रक्तदान कार्यक्रम हुने

काठ्माण्डौ।रगतको चरम अभाब भएको कारण जेष्ठ १ गते शनिवार रातोपुलमा आकस्मिक रक्तदान कार्यक्रण हुने भएको छ।

 रातोपुलको नेशनल बाथ रोग सेन्टरमा हुन लागको रक्तदानमा कोभिडका बिरुद्ध पूर्ण सावधानी अपनाईने र प्रहरीसंग सहकार्य गरिने छ।

उक्त दिन रक्तदातालाई त्यहाँसम्म आउन वातावरण मिलाउन आयोजक पक्ष लागिरहेका छन्।

उक्त रक्तदान लाईन्स क्लब अफ काठमाण्डौ सोसियल फ्रेण्ड, अटो नेपाल मासिक र सहयोगी महिला जागरण मंचको संयुक्त आयोजनामा हुन लागिरहेको छ।

आयोजकले रक्तदाता बढाई दिन सम्पूर्णलाई आव्हान पनि गरेको छ। नेपाल रेडक्रस सोसाईटीले फोन गरेर सामान्य गर्भवती महिला र अपरेसन हुनै पर्ने बिरामीको पनि रगत अभावले अपरेसन हुन नसकेको बताय पछि यस आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

लाईन्स क्लब अफ काठमाण्डौ सोसियल फ्रेण्डस् का अध्यक्ष भुषणकुमार श्रेष्ठ भन्नुहुन्छ, ‘यस्तै अवस्थामा हामीले सहयोग गर्ने हो र सम्भव भएसम्म हरेक दुई-दुई हप्तामा हामी सकेको रगत संकलन गरेर रेडक्रसलाई बुझाउने छौ।

यस्तो अवस्थामा हामी बाहिर निस्कदैनौ, तर अत्यन्त आकस्मिक पर्यो भने जीवन रक्षाका निमित्त जस्तो पनि सहयोग गर्न तयार छौ।

सहयोगी महिला जागरण मन्च की अध्यक्ष राधा श्रेष्ठ नियमित रुपमा रक्तदान गरिरहने एक सामाजिक अभियन्ता पनि हुनुहुन्छ !

भर्खरै

सम्बन्धित खबर

Language »