सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रत्न चुडेस्वर महादेव मन्दिरमा आज बाट रामायण भजनको शुभारम्भ

 काठ्माण्डौ । बालाजु बाईसधारा पार्क परीसर भित्ररहेको रत्न चुडेस्वर मन्दिर मा आजबाट नियमित रामायण भजन गर्नेकार्यको शुरुवात भएको छ ।

 शहरी बिकास राज्यमन्त्री  रामवीर मानन्धरले मन्दिर दर्शन गरी दियोमा बत्तीबालेर सो  कार्यको उद्घाटन गरेका  हुन् ।

२०७२ सालको  भुकम्पले  क्षतिग्रस्त बनाएको  मन्दिर स्थानिय युवा तथा धार्मिक सरोकार वाला  हरुको पहलमा  कुटीको पुननिर्माण भएपछि  त्यस स्थानमा  नियमित जसो स्थानिय हरुको उपस्थिति हुने  गरेको  मन्दिरका  पुजारी  नवराज गीरी ले बताए ।

कार्यक्रम मा  श्री रामयण भजन संरक्षण समाज नेपालका  केन्द्रीय अध्यक्ष जनक चापागाईँ, बाईसधारा भजन मण्डल तथा  रामायण भजन मण्डल बालाजु का  अध्यक्ष लिला बहादुर बिस्ट ,उपाध्यक्ष देबेन्द्र महर्जन ,कोषाध्यक्ष सुनिल राना ,सचिव कृष्ण बहादुर महर्जन ,सह-सचिव रमेश बोहोरा ,लागायत को  उपस्थिति रहेको  थियो  ।

आज परेको बालाजु बाईसधारा मेलालाई काठमाडौं महानगरपालिकाले पार्क  भित्र गर्न निषेध गरेपछि मन्दिरको कार्यक्रम पनि असहज बनेको  समितिका  उपाध्यक्ष देबेन्द्र महर्जन ले  बताए  ।

कार्यक्रममा  राज्यमन्त्री मानन्धरले  संपुर्ण भजन मण्डललाई धर्म र  सस्कृति को नाममा  बिकृति नल्याउन पनि  सुझाव दिएका  छन । धर्म भनेको  सबैलाई जम्मा गरेर भिड भाड गरेरमात्र हुने हैन  भन्दै राज्यमन्त्रीले यदि साचिनै धर्म गर्ने  हो भने एक्लैले  भजन भन्दापनि हुन्छ  तर यसको  निरन्तरता हुनुपर्छ ,नौटंकि मात्र गर्ने  हो  भने नगर्दा राम्रो समेत  भनेका  छन्।

स्थानियकै सकृयातामा मन्दिरको संरक्षण भैरहेकोले यो  भजनको प्रकृया निरन्तर अगाडीबढ्ने  श्री रत्न चुडेस्वर आश्रम ब्यबस्थापन समितिका  उपाध्यक्ष श्याम कृष्ण थापा ले  बताए  ।

भर्खरै

सम्बन्धित खबर

Language »