सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना देखियो

काठमाडौं। प्रशासनको निर्देशन विपरित रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप हुँदा गएको बिहीबार पक्राउ परेका मध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गएको बिहीबार रथ तान्ने क्रममा भएको तनावले झडपको रुप लिँदा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो।

उनीहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण भएकोमा ११ जनाको रिपोर्ट आउँदा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

अरु ९ जनाको भने रिपोर्ट आउन बाँकी छ । संक्रमण देखिएका र अरुलाई पनि अहिले आइसोलेशनमा राखिएको छ ।

बिहीबार रथ तान्ने क्रममा विवाद हुँदा ठूलो संख्यामा मानिसहरु उपस्थित भएका थिए ।

त्यहाँ सहभागी भएका ६ जनामा संक्रमण पुष्टि भएपछि अरुमा पनि संक्रमण फैलिएको हुन सक्ने आशंका छ ।

शुक्रबार कर्फ्यू लगाइएकोमा आइतबार रथ तानिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »