सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रमेश बडुलाई ठगी आराेमा पक्राउ

काठमाडाैं । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले ठगी आराेपमा रमेश बडुलाई पक्राउ गरेको छ ।

महाशाखाले भीमबहादुर भण्डारीको जाहेरीको आधारमा दशरथचन्द नगरपालिका–१ बस्ने बैतडीका रमेश बडुलाई पक्राउ गरेको हो ।

ठगी मुद्दामा उच्च अदालत पाटनले गतवर्ष कात्तिक १६ गते बडुलाई २ महिना ४ दिन जेल सजायँ र दुई लाख पचास हजार जरिवानाको फैसला गरेको थियो । महाशाखाबाट खटिएको प्रहरी टोलीले रमेश बडुलाइ १८ गते नख्खु एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।

भण्डारीलाई शान्ति सेनामा पठाईदिने भनी विश्वास दिलाई २५ लाख रुपैयाँ ठगि गरेका थिए । उनले राष्ट्रिय अनुसन्धानमा जागिर लगाई दिन्छु भनी २ जनालाई २४ लाख ठगी गरेको महाशाखाले जनाएको छ । बडुलाई आइतबार नै काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको महाशाखाले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »