सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रवि लामिछानेद्धारा कुलमान घिसिङको कार्यकाल निरन्तरताको माग

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले नै निरन्तरता पाउनुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै कुलमान घिसिङ को कार्यकालको निरन्तरता हुनुपर्ने र यो आफुको विश्वास मात्र नभई माग पनि रहेको बताएका छन् ।

उनले स्टाटसमा कलमानलाई सम्बोधन गर्दै अन्धकार देशलाई उज्यालो बनाउने र देशको युग नै बदल्ने सपुतको मात्रै पदको हक लाग्ने बताएका छन् ।

उनले भनेका छन् – कुलमान घिसिङ ज्यु, तपाईंको कार्यकालको निरन्तरता हुन्छ, हुनै पर्छ। यो मेरो विश्वास होइन, माग हो।यो मुलुकमा तपाई भन्दा योग्य मान्छे नै नभएको त पक्कै होइन होला तर अन्धकार यो देशलाई उज्यालो बनाउने र यो देशको युग नै बदल्ने तपाई जस्ता सपुतको मात्रै त्यो पदमा हक लाग्छ।

भर्खरै

सम्बन्धित खबर

Language »