सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रसुवामा प्रेम तामाङकाे जय नेपाल, अब मैले लालसलाम छाेडे,

काठमाडौँ । प्रधानमन्त्री केपी ओली शर्माले चालेको कदम विरुद्ध नेपाली कांग्रेसको देश व्यापी बिरोध कार्यक्रमको दौरानमा रसुवामा पनि प्रदेश सांसद प्रभात लामाको नेतृत्वमा विरोध कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसको जिल्ला स्तरीय सम्पुर्ण नेताहरुको उपस्थिति रहेका थिए । रसुवामा भएको विरोध कार्यक्रममा युवा नेता तथा प्रदेश सभा सदस्य प्रेम तामाङ सबैको नजरमा परेको थियो । माओवादी विद्रोहबाट उदाएका प्रेम तामाङले नेपाली कांग्रेसको विरोध ¥यालीमा जेय नेपाल भनेर भाषण शुरु गरेको थियो । क्रान्तीकारी भाषण गर्न माहिर प्रेम तामाङ लोकतन्त्रको रक्षाको निम्ती अब गाउँ गाउँबाट जनता कम्यूनिष्टको विरुद्धमा उठ्नु पर्ने र केपी ओली सरकारले देशको विकासका निम्ति काम गर्न नसकेको आरोप लगाएका छन् ।

उहाँले जनतालाई जातिय पहिचान दिन्छु भनेर झुक्काउदै नेपाली जनतामाथि तानाशाह प्रभुत्व जमाउन खोजेको बताए ।


“अब रसुवाको जनताले नेपाली कांग्रेसलाई नै जिताउनु पर्छ । अबको विकल्प भनेको नेपाली कांग्रेस नै हो । केपी ओली सरकार र कम्युनिष्टहरुले रसुवाली जनतालई मात्र नभएर नेपाली जनतालाई छक्काउन सिपालु छन् । अब नेपाली जनताले विस्थापीत गर्नु पर्छ ।” प्रेम तामाङले यसरी भाषण गरिरहदा बजारका केही व्यक्तिहरु भने उनको यो शैली प्रति असन्तुष्टि देखिएको थियो तर नेपाली कांग्रेस रसुवाका नेताहरु भने प्रेम तामाङले पार्टीमा प्रवेश गरेर उचित स्थान पाउनको लागि यसरी चर्को भाषण गरेको बताउँछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »