सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रहेनन् बलिउडका चर्चित अभिनेता ऋषि कपुर

मुम्बई। बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

अभिनेता अमिताभ बच्चनले ट्वीटरमार्फत उनको निधन भएको जानकारी दिएका छन् । बच्चनले ट्वीट गरेका छन्, ‘उनी गए…ऋषि कपूर…गए…भर्खरै बिदा भए.. म पूर्ण रुपमा टुटिसकेको छु ।’ अमिताभ र ऋषि कपूरले थुप्रै चलचित्र संगसंगै खेलेका थिए ।

स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बुधबार अस्पतालमा भर्ना गरिएको थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

ऋषिलाई पछिल्लो पटक छातीमा इन्फेक्सन देखिएको थियो । स्वास लिन समस्या रहेको थियो । हल्का खोकी पनि रहेको थियो । उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन् ।

ऋषि कपुर दिग्गज अभिनेता राज कपुरको छोरा हुन् । उनले आफ्नो फिल्मी करियर सन् १९७३ मा बबी फिल्मबाट सुरु गरेका थिए । उनले श्री ४२० र मेरा नाम जोकरमा बाल कलाकारको भूमिका पनि निर्वाह गरेका थिए ।

उनले अन्तिम फिल्म ‘द बडी’मा काम गरेका थिए । प्रायः सामाजिक सन्जालमा सक्रिय हुने उनले नायिका दीपिका पादुकोणसँग हलिउडको हिन्दी रिमेक फिल्म ‘द इन्टर्न’मा काम गर्ने बताएका थिए ।

ऋषि कपूरले पहिलो फिल्मफेयर अवार्ड ‘बाबी’ चलचित्रबाट जितेका थिए । उनले चकलेटी हिरोजस्तै ९० वटा रोमान्टिक चलचित्र खेलेका थिए । बुधबार मात्रै क्यान्सरकै कारण बलिउडका अभिनेता इरफान खानको पनि मृत्यु भएकाे थियाे ।एजेन्सी

भर्खरै

सम्बन्धित खबर

Language »