सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राँझा र मनिकापुरका व्यवसायीको स्वागतले समावेशी प्यानलका उम्मेदवार उत्साहित


दिनेश ठाकुर
नेपालगञ्ज
, नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानलले बिहिवार राँझा र मनिकापुरमा घरदैलो गरेको छ ।
घरदैलोका क्रममा समावेशी प्यानलका उम्मेदवारले राँझा र मनिकापुरका व्यवसायीका समस्याप्रति चासो प्रकट गर्दै समाधानको प्रतिवद्धता जनाए । उम्मेदवारहरुले सो क्षेत्रको उद्योगी तथा व्यवसायीक हितका लागि निजीक्षेत्रबाट गर्न सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उक्त प्यानलले उद्योगी, व्यवसायीका मुद्दाका बारेमा सुझाव संकलन गरेको छ ।

यसरी संकलन भएको सुझावलाई समावेशी प्यानलले आफ्नो घोषणापत्रमा समेट्ने तयारी गरेको हो । अध्यक्ष पदका उम्मेदवार चुन्नाले राँझा र मनिकापुरका मतदातानले मनदेखि नै स्वागत गर्दा आफुहरु उत्साहित भएको बताउनुभयो । ‘मनबाटै स्वागत गर्दै उहाँहरुले मतदान गर्ने प्रतिवद्धता गर्नुभएको छ ।’– चुन्नाले भन्नुभयो ।


उक्त प्यानलबाट अध्यक्षमा चुन्ना, उपाध्यक्ष ९वाणिज्य० तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष ९उद्योग० तर्फ आदेश अग्रवाल उम्मेदवार रहेका छन् ।


सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »