सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राखेपका नवनियुक्त बोर्ड सदस्यहरूले गरे शपथ ग्रहण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त ६ सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपमा कार्यवाहक सदस्यसचिवको जिम्मेवारी सम्हालेका खेलकुद मन्त्रालयका सहसचिव भक्तबहादुर ढकाल र राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाको उपस्थितिमा मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नवनियुक्त सदस्यहरूलाई शपथ गराएका हुन्।

युवा तथा खेलकुद मन्त्रालयले साउन १५ गते रिम रानाभाट, सुभास श्रेष्ठ, इन्दिरा निरौला, अर्जुनबहादुर केसी, सम्पन्न श्रेष्ठ र गोविन्दप्रसाद भट्टराईलाई राखेपको बोर्ड सदस्यमा मनोनीत गरेको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »