सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राखेपको नवनियुक्त सदस्य-सचिव र उपाध्यक्षले लिए शपथ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सचिव रमेश कुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले शपथ लिएका छन् ।

सदस्य सचिव सिलवाल र उपाध्यक्ष कोइरालाले युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनीहरुले युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले शपथ खुवाएका हुन् ।

सिलवाल र कोइरालालाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सदस्य-सचिव र उपाध्यक्षमा नियुक्त गरेको थियो । सिलवाललाई मन्त्रालयले सिफारिस गरेको तीन जनामध्येबाट सदस्य सचिवमा नियुक्त गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »