सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राजधानीका ५ सय कोराना संक्रमित सम्पर्कबाहिर

काठमान्डौ। राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन छन् । आरटी पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाण्डु र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ बनेको छ ।

काठमाण्डु महानगरपालिकाले जारी गरेको तथ्यांकमा ४ सय ५२ र ललितपुर महानगरपालिकाले दिएको तथ्यांकमा ७५ जनाले स्वाब परीक्षण गर्दा गलत फाराम भरेपछि उनीहरुको खोजीमा समस्या आएको हो ।

दुई महानगरपालिकाभित्र टेकु अस्पताल र विभिन्न ल्याबमा परीक्षण गर्न स्वाब संकलन गर्दा गलत ठेगाना, मोबाइल नम्बर दिँदा समस्या भएको हो ।

काठमाण्डु महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले परीक्षणकर्ताले गलत सूचना दिँदा समस्या आएको बताउनुभयो । उहाँले राजधानीका विभिन्न ल्याबमा परीक्षण गर्दा पोजेटिभ आएका संक्रमितले दिएको मोबाइल नम्बर र ठेगाना गलत हुँदा समस्या आइरहेको बताउनुभयो ।

‘हाम्रो तथ्यांकमा ४ सय ५२ देखिएको छ, प्रहरीको सहयोगमा केहीलाई पक्राउ गरे पनि तथ्यांक घट्न सकेको छैन । परीक्षण गर्ने क्रममा काठमाण्डु लेखेका हुन्छन्, मोबाइल नम्बर अर्कै दिन्छन् । परीक्षण गर्दा पोजेटिभ आएर सम्पर्क गर्दा स्विच अफ हुने गरेको छ।’ –उहाँको भनाइ थियो ।

कामपा कोभिड–१९ सम्पर्क अधिकृत ज्ञानबहादुर ओलीले आफ्नै कर्मचारी खटाएर ट्रेसिङ गर्दा पछि झुटो विवरण उल्लेख गर्ने संक्रमितलाई फेला पार्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विवरणअनुसार संक्रमण देखिएको व्यक्ति नभेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य सेवा विभागमा विवरण पठाउँछौं ।’

प्रहरीको सहयोगमा केहीलाई फेला पारेको हुन सक्ने उहाँको भनाइ थियोे । ‘संक्रमित भागेपछि उनीहरुले कतिलाई संक्रमणको जाखिम बढाउछन् भन्ने विषयमा कुनै तथ्यांक छैन । तैपनि हामीलाई यही विषयले सधैंजसो तनाब हुने गरेको छ।’ –विभागीय प्रमुख कुँवरले भन्नुभयो । कामपाले सार्वजनिक गरेको तथ्यांकमा त्यस्तो संख्यालाई नखुलेको भनी उल्लेख गरेको छ ।

स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वाथ्य कार्यालयले राजधानीमा स्वाब दिएर संक्रमित देखेपछि मोबाइल स्विच अफ गर्ने व्यक्तिको सम्पर्क गर्ने जिम्मा कामपालाई दिने गरेको छ । कामपाले फेला नपारेपछि सरकारले ती व्यक्तिलाई खोजी गर्न प्रहरीलाई जिम्मा दिने गरेको छ ।यो खबर आजको समाचारपत्र दैनिकमा छ ।

भर्खरै

सम्बन्धित खबर

Language »