सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राजनिती मात्र होईन साहित्य मा पनि उत्तिकै रुची राख्ने नेता डा. लोहनी को कबिता ” सिर्फ आशु “

सिर्फ़ आसु


करोडपति नेता  अरबपति हुन कुदी रहे छ।
लखपति नेता करोडपति बन्ने धुनमा छ।

सात लाई सत्तरी बनाएर
जनता को सम्पत्ति चोरेर
जनता लुट्न प्रतिस्पर्धा छ।
राजनीति को व्यापार
अभुत्पुर्ब फस्टाएको छ।
डराउन पर्दैन अब
भाग बण्डा मिलेको छ।
लुट मा सबै ठालु हरु को अनुहार छ
जनबाद , समाजबाद, र बेसार पानी को सुरक्ष्या छ।

कहाँ बाट आए थाहा छैन।
यसपछि कहाँ पुग्ने त्यो पनि थाहा छैन ।
पृथ्बी मा यो छोटो बसाई
अझ खरबपति हुने इच्छा थियो।
समय कति चाडै सकियेछ
ब्रम्हानाल मा पुगे पछि।
आफु लाई हेरे पहिलो पटक
मन भित्र को इश्वर ले हासेर भन्यो
अब धेरै ढिलो भयो।
सिर्फ दुइ थोपा आसु आखामा
देह चिता मा पुगी सकेछ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी

भर्खरै

सम्बन्धित खबर

Language »