सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राजनीतिक नेताहरूलाई चुनौती दिदै सार्वजनिकः “म्हङ”

काठमाडौं । मंसिर ४ गते देश व्यापीरुपमा संघीय निर्वाचन हुँदै छ । सम्पुर्ण उम्मेदवारहरुको मुख्य मुद्दा रोजगार, शिक्षा, स्वास्थ्यको ग्यारेन्टी गर्छौं तर निर्वाचन पछि त्यो मुद्दा हराउने गर्छन् ।

मोडल रजनी घिसिङ तामाङले अभिनय गरेको म्युजिक भिडियो ”म्हाङ” ले विदेशिएका युवाहरूको वास्तविक कथालाई उतारेका छन् ।

हास्यकलाकार बुद्धि तामाङको मुख्य भुमिका रहेको यो म्युजिक भिडियोले मंसिर ४ गते निर्वाचित भएर जाने सांसदहरुलाई चुनौती थपि दिएको छ ।

यो म्युजिक भिडियोमा क्रमिकरुपमा सपरिवार विदेशीनु पर्ने बाध्यात्मक दृश्यले सम्पूर्ण दर्शकहरुको मन छुने छन् । दर्शकको मन छुने कथाको लेखन प्रतिङ ञ्यासुरको रहेको छ । यो म्युजिक भिडियोले तामाङ समुदायको सांगीतिक क्षेत्रमा नयाँ सन्देश बोकेर सार्वजनिक भएको छ भन्दा फरक पर्दैन ।

कुमार बम्जनको शब्दमा रहेको यो भिडियोमा बाल कलाकार रियाज लामाको अभिनय प्रशंसनीय छन् । पत्रकार मिलन लामा दोङले भिडियो माथि समिक्षा गरेको थियो । दृश्य अनि शब्दको मेल रहेको पत्रकार मिलन लामा दोङको दाबी छ ।

कलाकार सुब्बा लामा, मोडल रजनी तामाङ घिसिङ र बुद्घि तामाङले देशको वर्तमान अवस्थाको यथार्थलाई भिडियोमा उतारेका छन् । प्रमुख अतिथि चन्द्र कुमार दोङले भिडियो धेरै राम्रो निर्माण भएको भन्दै मोडल रजनी तामाङ घिसिङको प्रसंशा गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »