सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राजनीतिक प्रतिशाेध लिन युवा नेता समिप त्रिपाठी माथि काभ्रेमा आक्रमण

काठमाडौँ । युवा नेता समिप त्रिपाठी माथि चैत्र २८ गते सोमबार राती साँझ अज्ञात समुहको आक्रमणमा परी सख्त घाइते भएका छन् ।

नेकपा (एकिकृत समाजवादी) पाटी काभ्रे जिल्ला कमिटीको सचिवालय सदस्य तथा एकिकृत समाजवादी युवा संघको स्थायी केन्द्रीय कमिटी सदस्य समिप त्रिपाठीमाथि बनेपामा हिजो राती अज्ञात समुहले आक्रमण गरेको हो । आक्रमणकारीहरुको आक्रमणमा परी टाउकोमा चाेट लागेको छ । अहिले उनलाई धुलिखेल हस्पिटलमा उपचार गरिरहेको छ ।

काठमाडौंको बानेश्वरमा नेकपा (एकिकृत समाजवादी) तेमाल गाउँपालिकाको चुनावी राजनीति अवस्थाकोबारेमा बसेको बैठक सकेर बनेपामा रहेको निवास तर्फ जाँदा अज्ञात समुहले आक्रमण गरेको सारा खबरको प्रतिनिधिलाई जानकारी प्राप्त भएको छ । काभ्रे जिल्ला प्रहरीको अनुसार आक्रमण गरेका केही शंकास्पद व्यक्तिहरुमाथि अनुसन्धान निगरानी थालिकसकेको बताएको छ ।

समिप त्रिपाठी तेमाल गाउँपालिकाको एक प्रभावशाली युवा नेता हो । नेकपा (एमाले)बाट अलग भएपछि तेमाल गाउँपालिकामा वडा नं. ६ ठुलो पर्सेलमा एकिकृत समाजवादीको एक प्रकारको माहोल सृजना गराउनमा युुवा नेता त्रिपाठीको विशेष भुमिका रहेको छ । निर्वाचन नजिकै उनी माथि आक्रमणले काभ्रेमा निर्वाचन शुरु भइसकेको र यसले भोलिको दिनमा राम्रो नहुने संकेत दिएको नेकपा (एकिकृत समाजवादी) जिल्ला कमिटी सदस्य सिजन लामाले सारा खबरलाई बताउनु भयो ।
युवा नेता तथा जिल्ला कमिटी सदस्य सिजन लामा भन्नु हुन्छ । “हाम्रो युवा नेता समिप त्रिपाठी माथि भएको आक्रमणले अब काभ्रेमा अरु राजनीति दलका नेता तथा कार्यकर्ताहरु त्रसित छन् भन्ने स्पष्ट हुन्छ । त्यसकारणले गुण्डा लगाएर तर्साउन खोजेको हुन सक्छ । हामी तर्सिने छैनौ तर यसरी आक्रमण गर्ने गुण्डाहरुलाई काभ्रे जिल्लाको प्रहरीले तत्काल पक्राउ गरी कार्बाही गर्नको लागि हामी विशेष अनुुरोध गर्दाछौ ।”

यसैगरी काभ्रै जिल्ला स्थायी कमिटीको सदस्य तथा एकिकृत समाजवादीको तेमाल गाउँपालिका कमिटिको अध्यक्ष प्रदिप कुमार तामाङले आपराधीक मनस्थीति भएका अपराधीहरुलाई तत्काल अनुसन्धानको घेरमा ल्याइ कार्वाही गर्न जोडदार माग गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »