सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रातारात काठमाडाैँकाे मुहार फेर्दै, अब सरकारलाई गाली गर्नु पर्दैन

काठमाडाैँ । कुनै समय खाल्डा खुल्डी अनि धुलाम्य सडककाे अवस्था देखेर राज्यसत्तालाई गाली गरि हाल्थ्याे ”काम नलाग्ने सरकार” ।

सर्वसाधारणलाई धूलोले र सवारीसाधनका चालकहरुलाई सडकको खाल्टाखुल्टीले आजित बनाएको थियो। सबैले मन्त्रीदेखि नेतासम्मलाई सडक नबनाएको भन्दै गाली गर्थे र भन्थे, ‘सडक टाल्न र चिल्लो पार्न मोदी नै आउनुपर्ने रहेछ !’

हुन पनि सरकारको आँखा छिमेकी देशका प्रधानमन्त्री र राष्ट्रपति आउँदा मात्रै सडकमा जान्थ्यो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि चिनफिङ आउँदा उनीहरु हिँड्ने रुटमा त्यसबेला सडक रातारात पिच गरेर रंगरोगन गरिएको थियो।

सुशील कोइराला प्रधानमन्त्री हुँदा भएको सार्क सम्मेलन र आफ्नै प्रधानमन्त्रित्वमा भएको बिमस्टेक सम्मेलनमा सडक चिल्लो पार्न ओली सरकार खटियाे, किनारामा गमला उभ्याइयो र सडक चिटिक्क देखियो।

अहिले नेपालमा कुनै सभा, सम्मेलन हुनलागेको छैन र छिमेकी देशबाट अतिथि पाहुना पनि कोही आउनलागेका हैनन्। तर रातारात उपत्यकाका सडक पिच गर्ने काम भइरहेको छ।

भौतिक मन्त्रीमा वसन्त कुमार नेम्वाङ आएपछि उपत्यकाको सडकले रुप फेर्न थालेका हुन्। बिग्रिएर धूलो जमेको तथा खाल्टा परेका सडकमा ओभरले गरेपछि धूलो उड्न कम हुँदै गएको छ।

जो राति आफैँ सडक पुगेर ओभरले हेर्छन्

कुवेर नेपाली नेपाली सडक विभागअन्तर्गत काठमाडौं डिभिजन कार्यालयका प्रमुख हुन्। उनी माताहत ४१ किलोमिटर सडक पर्छ। नेपाली दिउँसो कार्यालय जान्छन् भने रातको समयमा आफ्नो माताहतमा काम भइरहेको ठाउँमा पुग्छन्।

मंगलबार राति १० बजे उनी बालुवाटार क्षेत्रमा भेटिए। जहाँ सडक कालोपत्रे (ओभरले) भइरहेको थियो। त्यसबाहेक टोखा सडक खण्डमा पनि ओभरले गर्ने काम भइरहेको थियो।

नेम्वाङ भौतिकमन्त्री भएयता दैनिकी नै परिवर्तन भएको उनी बताउँछन्। उपत्यकामा दिउँसो काम गर्दा ट्राफिक जाम हुने भएकाले रात परेपछि काम हुन्छ। राति काम गर्दा सजिलो र अवरोध नहुने उनी बताउँछन्।

कुनै दिन एउटा समूह परिचालन भएको हुन्छ भने कुनै दिन दुई÷तीन समुहले उपत्यकामा ओभरलेको काम गरिरहेका हुन्छन्।

ओभरलेको लागि मौसमले पनि साथ दिनुपर्ने उनको भनाइ छ। जाडोको मौसम वा वर्ष हुने समयमा काम गर्न मिल्दैन। त्यसैले एक महिना अघिबाट रातको समयमा पनि काम गरिरहेका छन्।

चैतसम्म सबै सडक कालोपत्रे : सडक विभाग

‘चैत मसान्तसम्म सबै सडक कालोपत्रे भइसक्छन्’, उनले भने, ‘५० प्रतिशत काम सम्पन्न भइसक्यो ।’

सडकमा कस्तो काम भइरहेको छ भनेर मन्त्रालयले अनुमगन समेत गर्ने गर्छ। भौतिक पूर्वधार तथा यातायातमन्त्री आफैँ ओभरले भइरहेको ठाउँमा अनुगमनमा हिँड्ने गरेका छन्।

मंगलबार राति मन्त्रालयका सचिव देवेन्द्र कार्की स्वयं बालुवाटारमा भएको काम हेर्न पुगेका थिए।

‘म सधैँ राति आउन सम्भव त हुँदैन। हाम्रो संयन्त्रले काम गर्ने हो। साथीहरुको हौसला बढाउन समय भएसम्म फिल्डमा आउँछु’, कार्कीले भने।

ठूला व्यक्ति राजधानी आउँदा तथा सम्मेलन हुँदा मात्रै सडक कालोपत्रे हुन्छ भन्ने धारणा परिवर्तन गर्न लागेको उनको दाबी छ।

‘रातारात काम गर्नुपर्ने अवस्थाको अत्य गर्न खोजेका हौं। देशको राजधानी सधैं अप डु डेट होस् भनेर काम गरिरहेका छौँ। ठेक्का लागिसकेका सबै काम एक महिनाभित्र सक्छौँ’, सचिव कार्कीले भने ।

केहीमा भने अझै ठेक्का लाग्न बाँकी रहेको उनले बताए। मन्त्रालय मातहतमा रहेका मुख्य सडक सुधार गर्ने कार्कीको भनाइ छ। ‘तर मुख्य सडक जोड्ने सहायक सडक हाम्रो मातहत पर्दैनन्, तिनलाई कसरी व्यवस्थित गर्ने भनेर छलफल गर्दै छौँ’, उनले भने।

कर्मचारीको व्यवस्थापन
सरकारी कर्मचारीले ढिलासुस्ती गर्छन् र कामै गर्दैनन् भन्ने मानसिकता रहेको छ। सडकमा मजदुर मात्रै होइन, सडक विभागका इन्जिनियरहरु पनि खटिएका छन्।

‘दिनको समयमा कागजको काम गर्छौं। राति सडकमा आउनुपर्छ’, एक कर्मचारीले भने, ‘काम गर्दैनौं भन्ने कुरा त भएन तर रातको समयमा काम गर्नै कर्मचारीलाई विशेष सुविधा दिनुपर्छ।’

सचिव कार्की भने कर्मचारीले योगदान गर्नुपर्ने बताउँछन्।

‘बाह्रै महिना रातभर काम त गर्दैनौं । अब एक/डेढ महिनामा यो काम सकिन्छ। केही साथीलाई असुविधा पनि भएको होला’, उनले भने, ‘मैले केही गरिरहेको छु भनेर आत्मसन्तुष्टि हुने हो।’

उनले सबै कर्मचारीलाई दिनरात काममा नलगाएको दाबी गरे। ‘रातभर काम गर्नुभयो भने दिउँसो फुर्सदा होला। सिफ्टअनुसार काम गरिरहनुभएको छ’, उनले भने ।

मर्मतको लागि दोब्बर बजेट
खाल्टाखुल्टी पुर्न सरकारले यो पटक दोब्बर बजेट छुट्याएको छ। ‘गत वर्ष ४ अर्ब जस्तो बजेट छुट्याउँथ्यो भने अहिले ८ अर्ब बजेट छुट्याइएको छ,’ कार्कीले भने, ‘त्यसैले विगतभन्दा काम पनि डबल हुनुपर्यो। राम्रो हुनुपर्यो।’

उनले पहिला काम गर्ने प्रयास गरे पनि धेरै ध्यान पुर्याउन नसकिएको स्वीकार गरे। यो पटक अर्थ मन्त्रालय आवश्यक बजेट उपलब्ध गराउन तयार रहेको उनले जानकारी दिए।

‘काठमाडौंबाहिर पनि प्राथमिकता दिएका छौँ’

उपत्यकाको सडक चिल्लो भइरहँदा उपत्यकाबाहिरका हाइवे सडकमा पनि खाल्टाखुल्टी परेका छन्।

अब नेपालमा पनि सधैँ चिल्ला सडक बनाउने प्रयासमा रहेको उनको भनाइ छ।

भर्खरै

सम्बन्धित खबर

Language »