सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राति १२ बजेदेखि उपत्यकामा जोरबिजोर,कोरोनाको खोप कार्ड हरायो, के गर्ने ?

काठमाडौं । आजदेखि सार्वजनिक स्थान जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्ने भएको छ ।

यसैगरी जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ । खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि हुने छ ।

सबै निकायहरुले खोप कार्ड हरेर मात्र आगन्तुकलाई प्रवेश गर्न दिनुपर्ने जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको आदेशमा उल्लेख छ ।

यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालो सेवा प्रवाहको प्रबन्ध मिलाउन भनिएको छ ।

आजबाट सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य, राति १२ बजेदेखि उपत्यकामा जोरबिजोर

काठमाडौं । कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

बैठकपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्मार्ट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर लागू गरिएको जानकारी दिए ।

उनका अनुसार अब शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्नुपर्ने छ ।

जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका यसअघिका निमय कायमै छन् ।

सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेजहरुमा एक पटकमा २० जनाभन्दा बढी प्रवेश दिन पाइने छैन भने खोप कार्ड अनिवार्य गरएको छ ।

होटल तथा रेस्टुरेन्टहरुमा कुल क्षमताको आधालाई मात्र प्रवेश दिन पाइनेछ ।

कोरोनाको खोप कार्ड हरायो, के गर्ने ?

कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सार्वजनिक ठाउँमा कोरोना खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेसँगै अब कार्ड खोज्नुपर्ने अवस्था आएको छ ।

झण्डै एक वर्षअघि नै खोप लगाइसकेका र विदेश आउजाउ गरिरहनु नपर्नेहरुको लागि नेपालमा यसअघि खोप कार्ड देखाइरहनु पर्ने आवश्यकता थिएन । जसले गर्दा धेरैको खोप कार्ड हराउने वा नासिने समस्या देखिएको छ । तर अहिले सीसीएमसीले एक्कासी खोप कार्ड अत्यावश्यक गराएपछि खोप लगाएकाहरु के गर्ने भन्ने दुविधामा देखिएका छन् ।

खोप कार्ड हराएकाहरुलाई पुनः बनाइदिने व्यवस्था छ त रु हामीले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमलाई सोधेका थियौं ।

गौतम कोरोना खोप लगाएको कार्ड हराएको छ भने जुन जिल्लामा खोप लगाएको हो, सोही जिल्लाको स्वास्थ्य कार्यालयमा गएर कोरोना खोप कार्ड बनाउन सकिन्छ । कोरोना खोप लगाएको रेकर्ड सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमा बुझाइने भएकाले सम्बन्धित जिल्लामै गएर नयाँ कार्ड बनाउनु पर्ने उनले स्पष्ट पारे ।

हुन त, खोप कार्ड भन्दा पनि कार्डको फोटोलाई अनिवार्य गरिएको छ । त्यसैले कार्ड हराएको भएपनि खोप कार्डको फोटो देखाएर पनि सार्वजनिक सेवा लिन सकिन्छ । तर नयाँ कार्ड नै बनाउनुपर्ने अवस्था भएमा जिल्ला स्वास्थ्य कार्यालयमा सम्पर्क गर्नुपर्ने गौतमले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »