सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राप्तीसोनरी गाउँपालिका वडा नम्बर २ का सदस्य समेत रहेका बाँकेका युवा नेता ज्ञानु ओलीलाई देखियो कोरोना

नेपालगन्ज, कोरोना रोकथाम र नियन्त्रणमा अग्रभागमा खटिनुभएका राप्तीसोनरी गाउँपालिका वडा नम्बर २ का सदस्य समेत रहेका बाँकेका युवा नेता ज्ञानु ओलीलाई कोरोना पोजिटिभ देखिएको छ ।

नेकपाका युवा नेता ओली कोरोना संक्रमणबाट प्रभावितको राहत वितरणमा समेत सक्रिय भएर लाग्नुभएको थियो ।


त्यस्तोमा आफ्नो वडाबासीलाई कोरोनाको कहर देखि बचाउन माक्स वितरण गर्ने योजना बुन्दा राप्तीसोनरी गाउँपालिका वडा नम्बर २का सदस्य समेत रहेका बाँकेका युवा नेता ज्ञानु ओलीको सामु थुप्रै चुनौती थिए ।

सम्पुर्ण वडाबासीलाई घर घर सम्म मास्क वितरण गर्नु, त्यसको लागि चाहेको स्रोतको जोहो गर्नु संगै महामारीको समयमा वडाबासीलाई कोरोना संक्रमणबाट कसरी जोगिने र त्यसबाट बच्न सुरक्षाका उपाय सम्झाउनु अझै ठूलो चुनौती थियो ।

सबै घर भित्र थुनिएर आफू सुरक्षित हुने उपाय खोजिरहेका बेला युवा नेता ओलिले आफू स्वयम नै घर घर पुग्ने योजना बुने र वडा अध्यक्ष र अन्य गाउँका केही युवाहरुलाई लिएर हरेक घरमा पुग्ने निर्णय गरे ।


नेपालगन्ज लगायत अन्य स्थानबाट महँगो मै भए पनि माक्स र साबुन खरिद गरे, हप्ता दिन लगाएर वडा नम्बर २ को हरेक दैलोमा पुग्दै मास्क र साबुन बाड्दै सचेतता फैलाए , आफ्नै गाउँका बा-आमा, दिदी-दाइ र भाइ-बहिनिलाई जनप्रतिनिधिको मात्रै होइन छोरा दाइ वा भाइको दायित्व समेत पूरा गरेका बाँकेका युवा नेता, जनप्रतिनिधि तथा सेवाभाव राख्ने समाजसेवी युवा नेता ज्ञानु ओली स्वयं अहिले कोरोना संक्रमण भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »