सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राप्तीसोनारीको विपद ब्यवस्थापन समितिले गर्यो महत्वपुर्ण निर्णय


राप्तीसोनारी,राप्तीसोनारी गाउँपालिकाको विपद ब्यवस्थापन समितिले महत्वपुर्ण निर्णय गरेको छ ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष एवम् स्थानीय विपद ब्यवस्थापन समितिका अध्यक्ष लाहु राम थारुको अध्यक्षतामा आइतबार गाउँपालिका कार्यालय अगैयामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले कोरोना भाइरसको संक्रमणका कारण सरकारले गरेको लकडाउनबाट प्रभावित परिवारका लागि अहिलेसम्म गरिएको राहत वितरणको समिक्षा गर्नुका साथै अहिलेसम्म राहत वितरणको काम सन्तोषजनक रहेको निस्कर्ष निकालेको छ ।
यस्तै बैठकमा राहत वितरणका क्रममा भएका अप्ठ्यारा तगा अब गर्नुपर्ने कामबारे बिस्तृत रुपमा छलफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनुभयो ।

गाउँपालिकाभरी रहेका सबै घरधुरीलाई साबुन, तेल र नुन वितरणको काम सम्पन्न भइसकेको र अति गरिब तथा विपन्न परिवारका लागि चामलसहितको राहत प्याकेज वितरण गर्ने निर्णय बैठकले गरेको उहाँले बताउनु भयो ।
राहत प्राप्त गर्ने अति गरिब तथा विपन्नको तथ्यांक इन्ट्री गर्ने र स्थानीय प्रहरी,रेडक्रस, राजनीतिक दल लगायतसँग समन्वय गरेर वडामार्फत राहत वितरणलाई प्रभावकारी बनाउने बैठकले निर्णय गरेको छ,’ बस्नेतले भन्नुभयो ।

कोरोना भाइरसको संक्रमणका कारण राप्तीसोनारी गाउँपालिकासहित देशभरका विकास निर्माणका काम ठप्प भएका छन् । कोरोना भाइरसका कारण अवरुद्ध भएका ठुला विकास निर्माणका कामलाई सामाजिक दुरी कायम गरेर अगाडी बढाउने निर्णय विपद ब्यवस्थापन समितिको बैठकले गरेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनु भयो ।

‘अहिले विकास निर्माणका सबै काम ठप्प भएको स्थिती छ, अब चाही सामाजिक दुरी कायम गरी सुरक्षा सतर्कता अपनाएर ठुला विकास निर्माणका काम अगाडी बढाउने विपद ब्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ,’ अध्यक्ष थारुले भन्नुभयो ।
यसका लागि जिल्ला समन्वय समिति बाँकेसँग आवश्यक समन्वय गरेर अगाडी बढ्ने निर्णय भएको उहाँको भनाई छ ।

यसैगरी कोरोना भाइरसका कारण आर्थिक संकट निम्तिने खतरालाई मध्यनजर गर्दै गाउँपालिका क्षेत्रभित्र छिटो उत्पादन हुन सक्ने कृषि मुलक कार्यक्रम ल्याउने निर्णय बैठकले गरेको अध्यक्ष थारुले जानकारी दिनुभयो ।

सो क्रममा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेत, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, स्थानीय सुरक्षा निकायका प्रमुख, रेडक्रसका प्रतिनिधी, राजनीतिक दल लगायतको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »