सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता

सर्लाही / १९ असार
आफ्नै आश्रममा आनी बनेर बसेकी किशोरीलाई यौन शोषण गरेको आरोपमा लिटिल बुद्ध भनिने रामबहादुर बम्जनविरुद्ध सर्लाहीस्थित जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी किशोरीमाथि यौन शोषण गरेको ओरोपमा उनीमाथि मुद्दा दर्ता गरिएको हो । बिहीबार दायर गरिएको मुद्दामा कसुरदार बम्जनलाई १२ देखि १४ वर्षसम्म सजायको माग गरिएको छ । मुद्दाममा उनका उनका दुई सहयोगीलाई पनि सजायको माग गरिएको छ ।

बम्जनले विं.स २०७३ साल साउन २० गते राति ९ बजेर २० मिनेटको समयमा आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाइ सुत्ने कोठामा जबर्जस्ती करणी गरेको र पीडितलाई डर धम्की देखाइएको भन्दै दायर गरिएको मुद्दामा उल्लेख छ ।

घटना घटेको बेला पीडित किशोरी १५ वर्षकी मात्र थिइन् । किशोरी १८ वर्षकी भएपछि २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उनीहरु विरुद्ध उजुरी परेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »