सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रामलीला मैदानमा आउने मजदुरहरुलाई मास्क वितरण


नेपालगंज, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई शुक्रवार मास्क वितरण गरेको छ ।
दैनिक ज्यालादारीमा काम गर्न जाने मजदुरहरुको जम्मा हुने स्थान रामलीला मैदानमा रहेका व्यक्तिहरुलाई विहान उक्त मास्क वितरण गरिएको छ ।


सबैले जनस्वास्थय मापदण्ड पुरा गर्दै काम गर्न गराउन सन्देश प्रवाह गरिएको थियो । नेरेसो र डेनिस रेडक्रसको साझेदारीमा संचालित कार्यक्रमबाट ५ हजार ५ समय मास्क वितरण गरिएको हो ।

May be an image of 2 people, people standing, outdoors and tree


वितरण कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, नेरेसो बाँकेबगिया उपशाखाका सभापति श्यामबहादुर के.सी. लगायत शाखा र उपशाखाका पदाधिकारी, सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

May be an image of 2 people, people standing, outdoors and tree

भर्खरै

सम्बन्धित खबर

Language »