सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रामहरि अधिकारी सवैको जिन्दगीकै लौरो बन्न तयार

काठमाडौं । बा–आमालाई टेकाउने अनि भ्रष्टहरुलाई सेकाउने लौरो अभियान आजको आवश्यकता हो।

यो आवश्यकताको अभियानमा होम्मिएका जोशिला अनि व्यापक संभावना वोकेका युवा नेता रामहरि अधिकारी लौरो निर्वाचन चिन्ह वोकेर काठमाडौं निर्वाचन क्षेत्र नंबर ५ (क) प्रदेशसभा उम्मेदवारका बनेका छन्। बेरोजगारी, अशान्ति र अराजकता विरुद्ध आगो बनेर विकास, समृद्धि र सुशासनको लागि कटिबद्ध मात्र नभइकन प्रतिबद्ध बनेका छन्।

बागमती प्रदेश सरकारमा काठमाडौं निर्वाचन क्षेत्र नंबर ५ (क)वाट सवैको जिन्दगीकै लौरा बन्न तयार बनेर सवैको घर–आँगनमा उभिएका युवा नेता अधिकारी संकल्प पत्र नै तयार पारेका छन्।

उक्त संकल्प पत्रमा स्वास्थ्य, शिक्षा, पूर्वाधार, संस्कृति र पर्यटन, खेलकुद, हरियाली लगायत सवैखाले विभेद, असमानता, कुशासन र बैदेशिक हस्तक्षेपको अन्त्य गर्ने जस्ता उल्लेख छन्।

त्यस्तै, भ्रष्ट तथा भ्रष्टाचारको पूर्णरुपमा जरैदेखि उन्मुलन गरेर स्वस्थ समाजको निर्माण गरेर नेपाली जनतालाई सुखी र खुशी वनाउने योजनाहरु छन्। जसलाई पूर्ण रुपमा साकार पार्ने संकल्प गरेका नेता अधिकारीले विगत तीन दशकदेखि स्वास्थ्य क्षेत्रमा औषधि व्यवसाय तथा योगा प्रशिक्षकका रुपमा रहेर सामाजिक सेवा गर्दैआएका छन्।

नेपालमा नाकाबन्दीदेखि कोरोनाको महामारीसम्म पनि उतिकै सक्रिय भएर सामाजिक सेवामा अहोरात्र खट्दैआएका अधिकारीलाई सामाजिक चिन्तक तथा नेपाली राजनीतिलाई स्वस्थ र सफा वनाउने सोचमा होम्मिएका युवा नेताका रुपमा चिनिन्छ।

भर्खरै

सम्बन्धित खबर

Language »