सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रामेछापकाे लुभुखोलामा दुर्घटना,मृतकको संख्या १३

काठमाडाै । रामेछापकाे सुनापति ५ खनियापानीको लुभुघाटमा मंगलबार भएको बस दुर्घटनामा मृतकको संख्या १३ पुगेको छ । ९ जनाको घटनास्थलमै र ४ जनाको काभ्रेको धुलिखेल अस्पताल पुर्‍याएपछि मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछाप प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार दुर्घटनास्थलमा मृत्यु हुनेमा

रामेछाप

सुनापति गाउँपालिका ४ बेथानका २६ वर्षीया समरिता तामाङ
सुनापति गाउँपालिका ५ का ६० वर्षीय ठुला तामाङ
सुनापति गाउँपालिका ५ खनियापानीका खड्गबहादुर विक
सुनापति गाउँपालिका ५ की २२ वर्षीया विपना तामाङ
सुनापति गाउँपालिका ५ खनियापानीकी ३६ वर्षीया सञ्जु आलेमगर
सुनापति गाउँपालिका ५ खनियापानीका ४५ वर्षीय रामबहादुर श्रेष्ठ
सुनापति गाउँपालिका ५ खनियापानीका २४ वर्षीय वृद्ध तामाङ
सुनापति गाउँपालिका ५ का ६० वर्षीय नेमा तामाङ

काभ्रे

रोशी गाउँपालिका ४ का २५ वर्षीय कमल तामाङ
पाँचखाल नगरपालिका ८ का १८ वर्षीय सुदीप गजमेर
मण्डनदेउपुरकी शुभलक्ष्मी मानन्धर
पाँचखाल नगरपालिकाका कुलबहादुर विक


एक जना मृतक महिलाको सनाखत हुन सकेको छैन । प्रनाउ थिङका अनुसार सुनापति ३ हिलेदेवीको स्वाँराबाट काठमाडौंका लागि छुटेको पूर्व अरनिको यातायात समितिको बा ३ ख ८३९६ नम्बरको बस लुभुबजारबाट केही उत्तर पर्ने घुम्तीबाट खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका २५ जनालाई उपचारका लागि एम्बुलेन्स र हेलिकोप्टरबाट काठमाण्डौं पठाइएको थियो । घाइते धेरैजसोको अवस्था गम्भीर छ ।

करिब ४० जना यात्रु लिएर ओरालो झर्दै गरेको बस ुब्रेक फेलु भएर दुर्घटना भएको प्रारम्भिक जानकारीमा आएको थिङले बताए । दुर्घटनामा सामान्य घाइते भएका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिमा रहेको बस ओरालोमा ब्रेक फेल भएकाले जोगाउन नसकेको आकलन गरिएको छ ।

दुर्घटनाको जानकारी हुँदासाथ करिब १ सय मिटरको दुरीमा रहेको लुभुघाट प्रहरी चौकी, बेथान र जिल्ला सदरमुकामबाट टोली पुगेको थियो । स्थानीय बासिन्दाको सहयोगमा दुर्घटनास्थलबाट घाइते र शव निकालिएको थियो । घाइते र मृतकमध्ये धेरैजसो सुनापति ५ खनियापानीका छन् । उनीहरु बस चढेको करिब १५ मिनेटमा दुर्घटनामा परेका थिए ।

प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीका अनुसार घटनास्थलमा रहेका ९ मृतकको पोस्टमार्टम सहज ढंगले गर्न मन्थली अस्पतालले सहजीकरण गरेको छ । पोस्टमार्टमपछि आफन्तजनले शव बुझेका छन् ।

लुभुखोलामा दुर्घटना

दुर्घटना भएको स्थान आसपास यसअघि २ वटा दुर्घटना भइसकेका छन् । ८ वर्षअघि बेथान जाँदै गरेको बोलेरो जिप खनियापानीतर्फ उकालो लाग्दै गर्दा लुभुखोलातर्फ झरेको थियो । दुर्घटनामा ४ जनाले ज्यान गुमाएका थिए । ३ वर्षअघि अर्को सुमो त्यहींबाट खस्यो । सुमो दुर्घटनामा चालकको ज्यान गयो ।

मध्यपहाडी राजमार्गबाट खनियापानीतर्फ लाग्ने सडक उकालो छ । उकालोमा जाँदै गरेका साधन केही गरी पछिल्तिर गुडेभने चालकले बचाउन सक्ने अवस्था नभएको स्थानीय मानबहादुर तामाङ बताउँछन् । ”ईन्जिनियरले पनि कस्तो बाटो बनाएको हो, यस्तो ठाडोमा गाडी गुडाउँछ, ”तामाङले आक्रोश पोखे । त्यही असजिलो भएकैले यसअघि दुर्घटना भएको उनको जिकिर छ । ”मंगलबारको दुर्घटना पनि धेरै ओरालोमा गुडिरहेको बस ब्रेक फेल हुँदा बचाउने उपाय नभेटेको हुनसक्छ,” उनले भने ।

भर्खरै

सम्बन्धित खबर

Language »