सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रामेछापको चनखु गाउँको तामाङ मौलिकता यही हो त ?

काठमाडौँ । “चनाखु गाउँको झिल्के म” गायक तथा वरिष्ट संगीतकार चन्द्र कुमार दोङको प्रमुख आतित्थ्यतामा नेपाल अन्जना क्रियशन बैरागी मोक्तान अफिसियल युटुब च्यानबाट सार्वजनिक भएको छ ।


अन्तर्राष्ट्रिय तामाङ परिषदको सचिव रविन मोक्तान, नेपाल तामाङ कलाकार संघको अध्यक्ष सन्जिव वाइवा, लगाएत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सार्वजनिक भएको यो मौलिक गीतले चनखु गाउँको चिनारी दिन खोजेको देखिन्छ ।

समाज परिवर्तन गीत संगीतको माध्यमबाट नै हुन्छन् । चनखु गाउँलाई यो गीतले विश्व भर छरिएर रहेको तामाङ समुदायले हेर्न र देख्न पाउने नै भयो ।

गायक तथा शब्द रचनाकार बैरागी मोक्तानले गौरवमय तामाङ मौलिक डम्फु गीत कोसेली भनेर लेखिएको छ । गीत सुन्दा रमाइलो नै छन् । सामान्यतय सबैको मन छुन सफल हुन्छ नै भन्नु पर्छ ।

हुन त नेपाल तामाङ कलाकार संघको अध्यक्ष सन्जिव वाइवाले तामाङ गीत संगीतको क्षेत्रमा कुन गीतलाई तामाङ मौलीक बोकेको गीत भन्ने भनेर मुल्याङ्कन गर्न गाह्रो भएको छ भनेर पत्रकार सम्मेलनमा शुभकामना मनतव्य राख्ने क्रममा बोलेको छ ।

के साँच्चिकै बैरागी मोक्तानको यो गीतले तामाङ मौलिकता बोकेको छ त ?

बरिष्ट गायक तथा संगीतकार चन्द्र कुमार दोङ भन्नु हुन्छ ।“म कसैलाई यो भयो, भएन भनेर कमेन्ट् गर्दिन । यदि राम्रो छ भने त्यो गीतलाई वा म्यूजिक भिडियोलाई तामाङ समुदायले नै बचाएर राख्ने छन् नराम्रो छ भने यो समुदायले नै पन्छाउने छन् ।”

यसरी गायक तथा बरिष्ट संगीतकार चन्द्र कुमार दोङको भनाईलाई मान्ने हो भने मुल्याङ्कन गर्ने तामाङ समुदाय नै हो । अब तामाङ समुदायले यो गीतलाई गौरवमय तामाङ मौलिक गीत मान्ने कि नमान्ने ?


हो गीतले रामेछापको चनखु र पाखारको फलासी गाउँलाई चिनाउन खोजेको छ भने त्यहाँको तामाङ समुदायको सस्कृति यस्तो छ भनेर म्यूजिक भिडियोको माध्यमबाट देखाउन खोजिएका छन् । गायक तथा शब्द रचनाकार मोक्तानले रमाइलो या बिहेमा हुने ठट्टाको आधारमा यो गीतलाई रचना गरेको भिडियो हेर्दा प्रस्ट हुन्छ तर गौरवमय तामाङ मौलिकताको कथा छ या छैन ? भिडियो हेरेर तामाङ समुदायका गीत संगीत प्रेमीहरुलाई मुल्याङ्कन गर्न हाम्रो अनुरोध छ । यदि रामेछापको मोक्तान वा त्यहाँको तामाङहरुको मौलिकता नै त्यही हो भने हामीले यसलाई पनि स्वागत गर्नै पर्छ । होइन भने सामान्य ठट्टाको रुपमा तयार गरिएको म्यूजिक भिडियोलाई गौरवमय मौलिक तामाङ गीत चाहि नभनि हाल्ने हो कि ?

यो म्यूजिक भिडियोको छायाङ्कन पक्षलाई मजबुद बनाउनका लागि निर्देशन जिम्मा पनि गायक आफैले लिएको देखिन्छन् । उहाँको स्वरमा तामाङ समुदायलाई तान्नका लागि जत्ति शक्ति छ निर्देशन पक्षमा त्यो देखिदैन । उहाँले सुधार गर्नु नै पर्छ । नसकिने भन्ने केहि छैन । सकिन्छ तर यो म्यूजिक भिडियोलाई उहाँले आधारभूत विद्यालयको रुपमा लिनुपर्ने देखिन्छ अनि मात्र उहाँको स्वर र संगीतले झै तामाङ समुदायलाई निर्देशन पक्षले मोहनी लगाएर तान्न सफल हुनेछन् ।

गायीका शशिकला मोक्तान र बबिता पाख्रिनको स्वरमा कुनै खोट लगाउने ठाउँ नै छैन । प्रमुख अतिथि चन्द्र कुमार दोङले भने झै साँच्चिकै रुपमा कोइलीको भन्दा उहाँहरुको स्वर सुमधुर छन् ।

सम्झना तामाङ अमिर पख्रिन, गंगा जमुना मोक्तान, लक्ष्मण मोक्तान,मोनिका लाामा, प्रेमिका थिङ लगाएतका कलाकारहरुको अभिनय राम्रो नै छ ।

गायक बैरागी मोक्तानले तोड्न फुकाउन नसकेको गाँठ्ठो


गायक बैरागी मोक्तान शैलुङ्के फापरे गायककोरुपमा तामाङ समुदायमा स्थापित भैइसकेका छन् । उहाँको पहिचानलाई कसैले मेटाउन सकिदैन ।

चिनी पनि धेरै खायो भने तितो हुन्छ भन्ने नेपाली उखान झै उहाँले पनि सधै एउटै तालको गीत गाइरहने हो भने समुदायले विकल्प खोजिदैन भन्न सकिदैन । त्यसकारणले उहाँले पनि यो प्रतिस्पर्दाको बजारमा विकल्पको गाँठ्ठो पनि फुकाल्ने हो कि ?

भर्खरै

सम्बन्धित खबर

Language »