सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रामेछापबाट माेहन गाेलेकाे चेतावनी ”अधिकार प्राप्तिका लागि नयाँ चरणकाे क्रान्ति शुरू भयाे”

रामेछाप । नेपाल तामाङ घेदुङ र नेपाल राष्ट्रिय तामाङ घेदुङको संयुक्त आयोजनामा माघ २७ गते मंगलबार सुनपति गाउँपालिका वडा नं. ३ हिलेदेवी,रामेछापमा ताम्बा, लामा, झाक्रीको बिशेष प्रस्तुतिका साथमा सम्पन्न भएको छ ।

कार्यक्रममा राजबाबु मोक्तानले उपस्थित अतिथि तथा महानुभावहरूलाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा हाक्कुपटासी ड्रेसमा उपस्थित नेवार समुदायले तामाङ समुदायसँग मिलेर सोनाम ल्होछार मनाएका थिए ।

डम्फुरे समुहले डम्फुको मोलाम अनि बोन्बोले प्रकृति पुजा गरि नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गाेलेले पानसमा दिप प्रज्वलन गरि औपचारिक कार्यक्रममा शुरु भएको थियो ।

कार्यक्रम बिहान १० बजे शुरू हुने भनिएता पनि दिउँसाे ३ बजे मात्र शुरू भएकाे थियाे । सुनपतिकाे चिसाे माैसमलाई मध्य नजर गर्दै आयाेजकलाले वक्ताहरूलाई ३ तीन मिनेटकाे मात्र समय दिएका थिए तर वडा अध्यक्षहरूकाे पालाे आयपछि आयाेजकले १ मिनेटकाे मात्र समय निरधारण गरेकाे थियाे ।

३ नं। वडाका वडा अध्यक्ष बाबुराम तामाङले संचार तथा सुञ्चानरमन्त्री गाेकुल बास्काेटाकाे उदाहरण दिदै ”हामी वडा अध्यक्षलाई हेप्नी ? हामी दुई तिहाइ सरकारका स्थानीय तहकाे जनप्रतिनिधि हाे । हाम्राे कुरा जनताले सुन्नु पर्दैन ?” भन्दै आयाेजकलाई व्यङग्य गर्दै वडाकाे गतिविधि र प्रगति विवरण सुनाएका थिए ।

वडा अध्यक्ष बाबुराम तामाङले नेपाल तामाङ घेदुङ ठुलो वा नेपाल राष्ट्रिय तामाङ घेदुङमा कुन घेदुङ ठूलो हो ? हामी तामाङहरु अन्योल भएको छ भन्दै एकताका लागि सुझाव दिन भएको छ ।

नेपाल आदिवासी जनजाति समन्वय परिषद सनुपति गाउँपालिकाका अध्यक्ष हिरालाल तामाङले तामाङ समुदायकाे ल्हाेछारकाे प्रवर्द्धनका लागि बजेट छुट्टाएर स्थानीय सरकारले धेरै राम्राे कार्य गरेकाे भन्दै धन्यवाद दिएका थिए ।

सुनापति गाउँपालिकाका उपाध्यक्ष गीता विष्टले तामाङ समुदायको भाषा, धर्म र संस्कृतिको संरक्षणका लागि नीतिगत रुपमा बजेट विनियोजन गर्ने प्रतिबद्धता गर्नु भएको छ । सुनपति गाउँपालिकामा रहेका हरेक समुदायकाे धर्म, भाषा र संस्कृतिकाे प्रवर्द्धन गर्नुपर्ने दायित्वबाट स्थानीय सरकार पछि नहट्ने बताउनु भयाे ।

गाेरे बहादुर खपाङ्के ल्हामा ताम आपाङ्केः विकु थाेकर (नेपाल तामाङ चलचित्र संघका अध्यक्ष)

नेपाल तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले अब हरेक तामाङ कार्यक्रममा तामाङ समुदायको हकहितलाई कुण्ठित गर्ने राजनीतिक नेताहरुलाई बहिष्कार गर्न अनुरोध गरेका छन् । उहाँले सुनपति गाउँपालिकाकाे स्थानीय सरकारले स्थानीय भाषा, धर्म र संस्कृति संरक्षणका लागि खेलेकाे भुमिका अन्य गाउँपालिका र केन्द्र सरकारले पनि बुझ्नु पर्ने बताउनु भयाे । गाेरे बहादुर खपाङ्के ल्हामा ताम आपाङ्के भन्दै दर्शकलाई मनाेरञ्जन दिलाएकाे थियाे ।

नेपाल राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीर बहादुर तामाङले समुदायका हकहितका लागि धेरै संघ संस्थाहरु भएको हुनाले तामाङ समुदायमा देखिएको दुई संस्था फरक नभएको बताउनुभयो । दई घेदुङ चाडैं नै एकता हुने र तामाङ अधिकारको मुद्धाका लागि एक भएर लड्ने प्रतिबद्धता गर्नुभयो ।

अधिकारका लागि नयाँ चरणको आन्दाेलनकाे तयारीमा जुटेकाे छुः नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गाेले

राज्य सत्ताले तामाङ समुदायको अधिकारलाई कुण्ठित गरेको हुनाले तामसलिङ प्राप्तिका लागि पुनः क्रान्ति गरेर नयाँ चरणको आन्दोलन शुरु गरेको हुनाले नयाँ क्रान्तिमा सहभागी हुनाका लागि नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गाेलेले तामाङ समुदायलाई आग्रह गर्नुभएको थियाे।

सुनपति गाउँपालिकाका प्रवक्त कमल केसीले महिना दिनसम्म ल्हाेछार मनाउन नहुने भन्ने अभिव्यक्ति प्रति अध्यक्ष गाेलेले आपति जनाएका थिए । उहाँले भन्नु भयाे ”हाम्राे चाहना महिना दिनसम्म ल्हाेछार मान्ने चाहना हाेइन तर राज्य सत्ताले लामाे समयसम्म तामाङ समुदायकाे राष्ट्रिय सांस्कृतिक पर्व माथि जुन विवेद, शाेषण र दमन गरेर मान्न दिएकाे थिएन । हाम्राे साेनाम ल्हाेछार लाेप भैसकेकाे थियाे । हाम्राे पर्वहरू हराई सकेकाे थियाे । त्यसाे भएकाे हुनाले याे पर्वलाई प्रवर्द्धन भन्दा पनि प्रचार प्रसारकाे रूपमा लिइदिन म विनम्र अनुराेध गर्दछु । हामी यस्ता सांस्कृतिक कार्यक्रमहरू चाडाे भन्दा चाडाे अन्त्य चाहिरहेका छाै । जसरी तपाइहरूकाे दशै, तिहार घर-घरमा मान्दै आइरहेका छाै । त्यसरी नै साेनाम ल्हाेछार पनि घर-घरमा पस्दैन तबसम्म हामी यसखाल कार्यक्रमहरू आयाेजना गरिरहने छाै । तबसम्म हामीलाई तपाइहरूले साथ दिइरहनुस । हामी हार्दिक अनुराेध गर्न चाहन्छाै ।”

कार्यक्रममा नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रबिन बलले तामाङ समुदायका अधिकार प्राप्तीका लागि जस्ताेसुकै बलिदान दिन पनि तयार रहेकाे बताए । नेपाल तामाङ घेदुङ र राष्ट्रिय तामाङ घेदुङले ३ नं। प्रदेशकाे नामाकरण बाग्मती प्रति असहमति जानाउदै आइरहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »